सिद्धी सेतुली प्रतिष्ठानद्वारा ५८ विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, १८ भदौ /सिद्धी सेतुली स्मृति प्रतिष्ठानले सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सोमबार प्रतिष्ठानले डेढ दर्जन विद्यालयमा अध्ययनरत ५८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
प्रतिष्ठानले शान्तरत्न शाक्य जेहेन्दार छात्रवृत्तिबाट ज्ञानभूमि मावि नदीपुरका पूर्व प्रावि, प्रावि, निमावि र मावि तहमा अध्ययन गर्ने विद्यार्थलाई क्रमश एकहजार तीनसय, दुईहजार एकसय, दुई हजार नौ सय, तीनहजार सात सय रुपिया“ छात्रवृत्ति स्वरुप प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनका अनुसार उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु हुन् ।
त्यसैगरी दशजोड दुईमा अध्ययनरत चार विद्यार्थीलाई आठहजारको दर र दुई विद्यार्थीलाई पा“च हजारको दरले छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका संयोजक विश्वरत्न शाक्यले बताए । प्रतिष्ठानले आंशिक र पूर्ण गरी विद्यार्थीहरुलाई छात्रवृत्ति पैदान गरिदैं आएको छ । छात्रवृत्तिको लागि स्वदेश तथा विदेशमा रहेका नेपाली र छोरा निशेष शाक्यले सहयोग गर्दै आएको समेत संयोजक शाक्यले जानकारी दिए ।
प्रतिष्ठानले तीन लाख ७२ हजार सात सय ८३ रुपिया“ छात्रवृत्ति स्वरुप प्रदान गरेको छ । कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत गरीब असाहय र जेहेन्दार विद्यार्थीलाई प्रतिष्ठानले वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको छ । सस्कृत मावि, मौला ईस्लामिक सामूदायिक विद्यालयलाई समेत छात्रवृत्तिमा समेटिएको छ । डा. राधेश्याम कायस्थ, जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख डिल्लीराम लुईटेल, प्रतिष्ठानका निर्वतमान अध्यक्ष भूपनिधि पन्त लगायतले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।
२०६१ सालमा स्थापित प्रतिष्ठानमा अहिले एकसय ७२ जना नियमित सहयोग दाता सदस्य आवद्ध छन् । ती सदस्यहरुले वार्षिक एकहजार दुई सय रुपिया“ आर्थिक सहयोग गर्दै आएका छन् । प्रतिष्ठानस“ग अहिले १३ लाख ३७ हजार रुपिया“ मौज्दात छ । यो वर्ष प्रतिष्ठानले चारलाख २८ हजार रुपिया बचत भएको उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...