पोखराकी स्टाफ नर्स हराएकी सूचना

पोखरा ५ मालेपाटन माईतीमा बस्दै आएकी केहि बर्षअघिदेखि मानसिक सन्तुलन ठिक नभएकोले औषधि सेवन गरी रहेकी अन्दाजी ३५ बर्षिया बिमला आर्चाय नाम गरेकी युवती एक महिनाअघिदेखि हराईरहेकीले फेला पार्नु हुने महानुभावले नजिकैको प्रहरी चौकी वा निम्न फोन नम्वरमा सम्पर्क गरी दिनुहुन अनुरोध गरिन्छ ।

गहुँगोरो, घुंघुरिएको कपाल, मोटो ज्यान र अन्दाजी पाँच फुट उचाई भएकी बिमलालाई पोखराका मानिसले वेपत्ता आचार्यलाई करिव एक साताअघि काठमाडौंको वागवजार बसपार्क आसपासमा धुलोमैलो अवस्थामा देखेको जानकारी दिएकोले बिशेष ध्यान दिनु हुन अनुरोध गरिन्छ ।

स्टाफ नर्स भएर धेरै बर्षसम्म बिरामीको सेवा गरिरहेकी बिमला पारिवारिक वेमेलका कारण मानसिक रोगी बन्न गएकी र उनी बेपत्ता भएदेखि माईतीमा आमा र परिवार गहिरो चिन्तामा डुवेकाले खोजिका लागि सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।
फेला पार्नु हुने र देख्नु हुनेले नजिकैको प्रहरीचौकी वा निम्न फोन नंम्वरमा खवर गरिदिनुहोला ।
सम्पर्क नम्वर ९८१६६८१४१४, ९८४६०३४११६

कमेन्टहरु
Loading...