डिपिएल अक्सनमा छ खेलाडी सर्वाधिक मूल्य, रुपन्देहीले गर्यो सर्वाधिक लगानी

पोखरा, २१ पुस /तेस्रो सस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को लागि रुपन्देही च्यालेन्जर्सले खेलाडी खरीद गर्न सर्वाधिक रकम खर्चिएको छ । रुपन्देहीले तीन खेलाडीलाई सर्वाधिक मूल्य २ लाख ५० हजारको बोली लगाएको छ । रुपन्देहीले १४ लाख ४५ हजार रुपैयाँ खेलाडी किन्न खर्च गर्दा ललित भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई २ लाख ५० हजार मूल्यमा आफनो टोलीमा समावेश गर्यो ।

त्यसपछि प्रदीप ऐरीलाई २ लाख ४० हजार, सन्दीप सुनुवारलाई १ लाख १० हजार, कृष्ण कार्कीलाई १ लाखको बोली लगाउँदा स्ट्राटेजिक खेलाडीको रुपमा भने बसन्त रेग्मी रहेका छन् । स्थानीय खेलाडीको रुपमा शेर मल्ल रहेका छन् । रुपन्देहीले खेलाडी खरीदमा सर्वाधिक लगानी गरेपनि अझैं २ लाख ४५ हजार रुपैयाँ बचेको छ ।

महेन्द्रनगर युनाईटेडले ११ लाख ८५ हजार रुपैयाँ १२ खेलाडी खरीद गर्न लगानी गरेको छ । युनाईटेडले मोहम्मद आरिफ शेखलाई २ लाख ५० हजार मूल्य तिर्दा रोहितकुमार पौडेललाई ेभने २ लाख ३० हजार रुपैयामा भित्र्यायो । अविनाश बोहोरालाई १ लाख ७०, अमरसिंह राउण्डेला र सागर ढकाललाई क्रमश १ लाख २० हजार र एक लाख रुपैयाँमा भित्रयाउन सफल भए । स्ट्राटेजिक खेलाडी भने फ्रेन्चाईज क्रिकेटमा सफल कप्तान शरद भेषवाकर हुन् । उनकै कप्तानीमा पोखरामा आयोजित पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनले जितेको थियो । महेन्द्रनगर युनाईटेडले भने १५ हजार रुपैयाँ मात्रै बच्यो ।

काठमाडौं गोल्डेन्सले १२ जना खेलाडीको लागि भने १० लख ९५ हजार रुपैयाँ खर्च गरेको छ । ललितनाथ राजवंशीलाई काठमाडौंले २ लाख ५० हजार तिर्यो । अन्य खेलाडीमा विक्रम भुषाललाई १ लाख ६० हजार,रसिद खानलाई १ लाख ७० हजार, अनिलकुमार साहलाई १ लाख ७० हजारमा खरीद गरेको छ । ज्ञानेन्द्र मल्ल स्ट्राटेजिक खेलाडी रहदाँ टोलीको १ लाख ५ हजार रुपैयँ खर्चयोग्य रकम जोगिएको छ ।

धनगढी स्टार्सले खेलाडी खरीदमा रुपन्देहीपछि बढी खर्च गरेको छ ।१२ खेलाडीको लागि उसले १२ लाख २० हजार खर्चदाँ सर्वाधिक महंगोमा भने पवन सर्राफलाई २ लाख ५० हजार रुपैयाँ हाल्यो । सौरभ खनाललाई १ लाख ६० हजार, अमित श्रेष्ठलाईै १ लाख ८० हजार, सुनिल धमलालाई १ लाख ८० हजार र पोखरेली विपिन खत्रीलाई ९५ हजारको बोली लाग्यो । स्ट्राटेजिक खेलाडीमा सोमपाल कामी रहेका छन् । उनको टोलीले २० हजार रुपैयाँ खेलाडी खरीदबाट बाँकी रहेको छ ।

अक्सनमा सबैभन्दा कम लगानी भने सिवाईसी अत्तरियाले गरेको छ । केवल ९ लाख रुपैयाँ मात्रै खेलाडी खरीदमा खर्च गरेको अत्तरियाले सर्वाािध रकम धने सन्दीप झोरलाई २ लाख ३० रुपैयाँ हाल्यो । भुवन कार्कीलाई २ लाख १० हजारमा खरीद गर्दै भित्रयाएको अत्तरियाले बाँकी खेलाडीलाई १ लाख भन्दा कम मूल्यमा खरीद गर्दै टोलीमा समावेश गरेको छ । स्ट्राटेजिक खेलाडी दिपेन्द्रसिंह ऐरी छन् । टोलीसँग अझै ३ लाख रुपैयाँ बचत छ ।
नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा स्ट्राटेजिक खेलाडीको रुपमा रहेका करण केसीले विराटनगर किग्सको जिम्मेवारी सम्हाल्ने छन् ।

उनले सवाधिक लगानी भने मोहम्मद आसिफ शेखलाई १ लाख ८० हजारमा किन्यो । कुशल भुर्तेललाई १ लाख ६० हजार, युवा खेलाडी किशोर महतोलाई १ लाख, पृथु बास्कोटालाई १ लाख २० हजार र सुशब भारीलाई १ लाख रुपैयाँमा खरीद गरेका छन् । ९ लाख ९०हजार रुपैयाँ खेलाडी खरीदमा खर्च गरेको टोलीसँग अझै २ लाख १० हजार रुपैयाँ बचत छ । करणले आफनै एकेडेमीका सहकर्मी पोखरेली अमृत गुरुङलाई भने बेस प्राईज ३० हजारमा भित्रयाएका छन् । डिपिएलमा दुईजना पोखरेली खेलाडीले सहभागिता जनाउने छन ।

कमेन्टहरु
Loading...