क्षेत्रीय सभापति शर्मालाई पितृशोक परेकोमा दुःख व्यक्त

पोखरा, १८ वैशाख / नेपाली काँग्रेस कास्की अन्तर्गतका विभिन्न तहका समितिले नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति वृजमान गुरुङ, क्षेत्र नं २ का सभापति माधव बास्तोलॉमधु’, क्षेत्र नं ३ का उपसभापति कमलबहादुर गुरुङ र पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले छुट्टाछुट्टै शोक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । क्षेत्रीय सभापति शर्माका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए ।

कमेन्टहरु
Loading...