पोखरामा ६ देशका सेना बीच संयुक्त सैन्य अभ्यास सुरु

सागर राज तिमिल्सिना
पोखरा, ५ जेठ/नेपाली सेना र अमेरिकी सेनाको आयोजनामा पोखरामा विपत् व्यवस्थापन सम्बन्धी सैन्य अभ्यास तथा तालिम आइतबार देखी शुरु भएको छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

अभ्यासमा ६ देशका सेनाको सहभागिता छ । नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ ।

जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीत बहादुर गुरुङले जानकारी दिए । सहभागीहरु बीच १० समुह बनाएर ५ दिन सम्म समुहगत छलफल र दुई दिन प्रयोगात्मक अभ्यास हुने उनले बताए ।

पोखराको पाताले छाँगो, फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्या विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगाएतका ठाउँमा प्रयोगात्मक अभ्यास हुने रथी गुरुङले जानकारी दिए ।

पोखरामा ६ देशका सेना बीच संयुक्त सैन्य अभ्यास सुरु
पोखरामा ६ देशका सेना बीच संयुक्त सैन्य अभ्यास सुरु

संयुक्त सैन्य अभ्यासबाट विपत व्यपस्थापन सम्बन्धी विभिन्न देशका घरेलु अनुभव र ज्ञानआदान–प्रदान हुने र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित विपत्लाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमाण्डले सन् २०११, १३, १५ र १८ मा काठमाडौमा यस्तो खाले अभ्यास गरिसेका छन् ।

सैन्य अभ्यासमा अमेरिका, नेपाल सहित श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश र क्यानडाको सहभागीता रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश प्राकृतिक विपत्तिको जोखिम पुर्ण भएकाले तालिमले विपत् व्यवस्थापन गर्न सहयोगि हुने बताए ।

सोही अवसरमा नेपाली सेनाका बलाधिकृत रथी गौरव तान्डुलले नेपाली र अमेरिकी सेना अघिल्लो सैन्य अभ्यासले २०७२ सालको भूकम्प र केही समय पहिले बारा र पर्सामा गएको हावाहुरीमा नेपाली सेनाले प्रभावकारी काम गरेको बताए । त्यसै गरि कार्यक्रममा अमेरिकी सेनाको मेजर जोनाथन स्वायर सैन्य अभ्यासबाट सबैलाई सहयोग पुग्ने बताए ।

कमेन्टहरु
Loading...