स्टेजमा सर्पले टोक्दा पप गायिकाको निधन

काठमाडौं, २६ चैत /स्टेजमा प्रस्तुति गर्दा गर्दै सर्पले टोकेपछि इन्डोनेसियाली पप गायिका इर्मा ब्लुको निधन भएको छ । सर्पले टोकेपनि ४५ मिनेटसम्म उनले प्रस्तुतिलाई निरन्तरता दिएको तर अन्ततः स्टेजमा ढल्दै मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

स्टेजमा सर्पले टोक्दा पप गायिकाको निधन
स्टेजमा सर्पले टोक्दा पप गायिकाको निधन

२९ वर्षीय गायिका स्टेजमा विषालु सर्पहरुको साथ कार्यक्रम गर्नका लागि चर्चित थिइन् । तर, केही दिन अघि वेस्ट जाभास्थित कारावाङ गाउँमा प्रस्तुति दिइरहेको बेला उनले ल्याएको रिआन्ती नाम गरेको किङ कोब्रा सर्पले उनैलाई टोकेको थियो ।

उक्त कार्यक्रमको दर्शकमध्ये एक फलान्डो ओक्टाभियोन अजुराले एक स्थानीय वेवसाइटसँग कुरा गर्दै भनेका छन्, ‘उनले दोस्रो गीत गाउँदै गर्दा सर्पले उनको तिघ्रामा टोको थियो ।’ गायिकाले उक्त सर्पको दाँत निकालेको अनुमान गरे पनि सर्पको दाँत अझै रहेको कारण दुर्घटना भएको उल्लेख छ ।

गायिकाले कार्यक्रममा यसअघि पनि पाइथन, बोआ कन्सट्रिक्टरजस्ता सर्पहरु प्रयोग गर्ने गरेकी थिइन् । कोब्राले टोकेपनि उनले एन्टिडोट लिन नमानेको समाचारमा उल्लेख छ । स्टेजमा ढलेकी उनलाई अस्पतालमा पुर्याउँदा मृत घोषित गरिएको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिररहेको बताइएको छ । रातोपाटी डटकमबाट

https://www.youtube.com/watch?v=8CsdKXz6Dks&nohtml5=False

कमेन्टहरु
Loading...