¥याण्डमले सकसको परिचर्चा गर्ने

पोखरा, कार्तिक १ गते/आख्यानकार जगदीश घिमिरेको पछिल्लो उपन्यास ‘सकस’बारे ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आगामी कार्तिक २३ गते पोखरामा परिचर्चा गर्ने भएको छ ।हरेक महिनाको अन्तिम शनिबार ‘पढौं र ज्ञान बाँडौं’ भन्ने मूल उद्घोषसहित कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सोसाइटीले बडा दसैंको बिदाका कारण असोज महिनामा कार्यक्रम स्थगित गरेको थियो ।सोसाइटीका पुस्तक छनोट समितिका संयोजक प्रा. डा. विष्णुप्रसाद पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले संयोजक पौडेलले नै सकसमाथि परिचर्चा गर्नुहुने निर्णय गरेको सचिव उपेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘अन्तरमनको यात्रा’ आत्मकथाका लागि मदन पुरस्कार विजेता घिमिरे हाल अस्वस्थ अवस्थामा पनि लेखनमा लागिरहनुभएको छ । सकस नेपालको ऐतिहासिक तथा सामयिक विषयवस्तुमाथि लेखिएको एक चर्चित उपन्यास हो । कार्यक्रममा स्वास्थ्यले साथ दिएसम्म लेखक घिमिरेको समेत उपस्थिति रहने अध्यक्ष गनेस पौडेलले जनाउनुभयो ।

यसअघि, सोसाइटीले अधिवेशनबाट पूर्ति गर्न बाँकी दुई जना कार्यसमितिका सदस्यहरुमा गीता विष्ट र विश्वराज पराजुलीलाई मनोनित गरेको थियो भने उपाध्यक्षमा महेन्द्र रिमाललाई मनोनित गरी कार्यसमितिलाई पनि पूर्णता दिएको थियो ।यसैगरी, पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलको संयोजकत्वमा यादवराज उपाध्याय र पत्रकार केशवशरण लामिछाने सदस्य तथा अध्यक्ष गनेस पौडेल र सचिव उपेन्द्र पौडेल पदेन सदस्य रहेको पुस्तक छनोट समिति पनि गठन गरिएको थियो ।

कमेन्टहरु
Loading...