रहिनन् सञ्चारकर्मी रुपा

पोखरा, ३० पुस /रेडियो बाराहीमा लामो समय काम गरेकी सञ्चारकर्मी रुपा कार्कीको निधन भएको छ । उपचारका क्रममा शनिबार विहान उनको भारतको दिल्ली अस्पतालमा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

उनले रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्ष सम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रमको लोकिप्रयताले उनी पोखरामा साँहिली आमा भनेर चिन्ने गर्दथिन् । त्यसबाहेक पनि रेडियोका नियमित कार्यक्रमहरु बाराही कलइन, लोक संस्कृती लगायतका कार्यक्रमहरु सञ्चालन गरेकि थिइन् ।

पोखरा शितलदेवीकि रुपा बिवाह भएर काठमाण्डौ गएपछि उनले रेडियो छाडेकि थिइन् । फोक्सो र पेटमा देखिएको समस्याका कारण विगत ५ महिनादेखि उनलाई दिल्लीमा उपचारार्थ भर्ना गरिएको थियो ।

कमेन्टहरु
Loading...