शान्तिनगरमा ‘रत्न श्री’को अत्याधुनिक जिमखाना

पोखरा, १५ बैशाख /पोखरामा अत्याधुनिक सामाग्री र ‘स्पेस’ सहित नयाँ जिमखाना खुलेको छ । पोखरा शान्तिनगरस्थित संचालनमा आएको जिमखानामा एकैचोटी ७० जना भन्दा बढिले व्यायाम गर्न सक्ने यसका संचालकहरुले दाबी गरेका छन् ।

‘रत्न श्री जिम, फिजिकल एण्ड फिटनेश क्लब’ नाम दिएर संचालनमा ल्याईएको जिमखानामा पोखरामा अहिलेसम्मकै अत्याधुनिक व्यायाम सामाग्रीहरु रहेको यसका संचालकहरुले बताएका छन् । यो जिमखानालाई लामो समय यता व्यायामशाला व्यवसाय गर्दै आएका शंकरमान उदास र पुराना व्यायाम गुरु कमल भण्डारीले सँयुक्त रुपमा संचालनमा ल्याएका हुन् । उदास अन्तराष्ट्रियस्तरको ‘बडि बिल्डिङ जज’ समेत हुन् भने अर्का संचालक भण्डारीले ‘बडि बिल्डिङ’ खेलमार्फत १६ वटा भन्दा बढि ‘नेशनल गोल्ड मेडल’ जितिसकेका छन् ।

संचालकले बताएअनुसार यो जिमखाना यसअगाडि नै संचालनमा आएको ‘रत्न श्री जिम’कै शाखाको रुपमा रहनेछ । रत्न श्री जिम पोखराको नदिपुरमा २०५७ साल यता निरन्तर संचालनमा रहेको छ । ‘यो नयाँ जिमखानामा व्यायाम गर्नका लागि निकै नै अत्याधुनिक सामाग्रीहरु हामीले पोखरा भित्राएका छौँ । शारिरीक फिटनेशसँगै बडिविल्डिङ खेलाडीका लागि यो व्यायामशाला सबैभन्दा उपयुक्त हुन सक्छ ।’ संचालक मध्येका एक कमल भण्डारीले बताए ।

करिब डेढ करोड लगानीमा संचालनमा आएको जिमखानामा व्यायाम गर्न आउनेहरुका लागि निकै सुविधायुक्त रहेको संचालक शंकरमान उदासले बताए । ‘सुविधाको हिसाबले यो जिमखाना पोखराकै नम्बर एक हो भन्दा फरक नपर्ला ।’ उदासले भने–‘यहाँ व्यायाम गर्न आउनेहरुले यो कुरा महशुस गर्न सक्नेछन् ।’

यो जिमखानामा व्यायाम गर्नेहरुले प्रशिक्षको प्रत्यक्ष निगरानीसँगै ‘टिप्स’ पनि पाउनेछन् । ‘पर्सनल ट्रेनिङ’को समेत सुविधा रहेको यो जिमखानामा व्यायाम गर्न आउनेहरुका लागि ‘डाइट प्लानिङ’ गरेरै जिम गर्ने व्यवस्था गरिएको संचालकले बताएका छन् । त्यो सँगै व्यायाम गर्नेहरुका लागि आवश्यक ‘डाइट सप्लिमेन्ट’ पनि जिमखानामै उपलब्ध रहेको उनीहरुले बताए ।

जिमहल बाहेक कार्डियो, एरोबिक र फिजिकलका लागि छुट्टै कोठाको समेत व्यवस्था रहेको संचालक कमल भण्डारीले बताए । त्यो सँगै प्रशस्त पार्किङको व्यवस्था पनि रहेको छ । शुक्रबारदेखि औपचारिक शुरुवात भएको जिमखानालाई व्यायाम गर्न आउनेहरुले निकै राम्रो ‘रेटिङ’ दिएपछि संचालकहरु अझै हौसिएका छन् ।

कमेन्टहरु
Loading...