नेपालको सम्बृद्धि र विकास चाहन्छ भारत ः भारतिय राजदुत रञ्जित रे

गिता राना मगर÷पोखरा १२ वैशाख /भारतिय राजदुत रञ्जित रे ले भारतले नेपालको सम्बृद्धि र बिकास चाहेको वताएका छन ।

पश्चिमाञ्चल क्षेत्रका भुतपुर्व भारतिय लाहुरेलाई भेट्न पोखरा आएका रे ले एबिसी टेलिभिजन संग कुरा गर्दै नेपालको संम्बृद्ध बिकास हेर्न भारतले चाहेको वताए । पोखरा आएका रेले पोखरा आसपास रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेका थिए ।

अवलोकन भ्रमण संगै विभिन्न गाउमा रहेका भुपुहरुको भेटमा आफुले भारतिय भुपु सैनिकहरु निकै खुसी साथ जीवन बिताइरहेको आफुले भ्रमणमा महसुस गरेको वताए । रे ले भुपु हरु संगै विभिन्न पर्यटकीय गाउहरु घुमेको वताउदै नेपालको पर्यटन प्रवद्र्धनका लागी पनि आफुले विभिन्न पर्यटकीय गन्तब्यहरुमा पुगेको वताए ।

पर्यटकीय गन्तब्य अन्तर्गत हिमाली क्षेत्रको प्राकृतिक सम्पदा, यहांको संस्कृति रहन सहन निकै पर्यटन मैत्री भएको रे को भनाइ रहेको थियो । नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै रहेको वताउदै रे ले धार्मिक क्षेत्रहरुको समेत अवलोकन भ्रमणमा सहभागी जनाएको वताए ।
कुराकानीको क्रममा एबिसी न्युजले सोधेको भारतले फेरी नाकाबन्दी गर्ने हल्ला छ नी भन्ने प्रश्नमा रेले नेपालको आन्तरिक कारणले नाकाबन्दी नेपालकै तर्फबाट भएको र अव नाकाबन्दी भन्दापनि नेपालले कसरी सम्बृद्धि तिर लाग्ने भन्ने तर्फ सोच्नुपर्ने वताए । नेपालको आन्तरिक मामिलालाई मिलाएर बिकास तर्फ अगाडी वढ्नुपर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै भु कम्पको बखतमा नेपाललाई सहयोग गरेको र अझैपनि पुन निर्माणको काम हुन नसक्नु दुखद पक्ष रहेको वताए । रे ले पुन निर्माणका लागी भारतले सहयोग रकम वोलिसकेको र अझैपनि सहयोगलाई निरन्तरता दिइने उनको भनाइ रहेको थियो ।
अवलोकन भ्रमणका क्रममा रे ले म्याग्दीको गलेश्वर तातोपानी, म्याग्दी शिख, घोरेपानी, पुन हिल, टाडापानी, घान्दु्रक, किम्च, र बिरेठांटीका भुत पुर्व भारतिय लाहुरे हरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । भ्रमण टोलीमा राजदुत रे का रक्षा सल्लाहकार कर्नेल मनराज सिंह मान र हनरी क्याप्टेन दाम बहादुर गर्बुजा पुन सहभागी रहेका थिए ।

कमेन्टहरु
Loading...