नेपालका ५ नाकामा भारतीय रेल -राजदुत रे

सागर राज तिमिल्सिना
पोखरा, २१ असार/नेपालका लागि भारतीय राजदुत रन्जित रे ले नेपालका ५ वटा नाकामा भारतले रेल सेवा सञ्चालनका लागि कार्ययोजना अगाडी बढाएको बताएका छन् ।

नेपाल भारत मैत्री संघले पोखरामा आयोजना गरेको नेपाल भारत पर्यटन विकास विषयक अन्तरक्रिया कार्याक्रमा नेपालका विभिन्न ५ वटा नाकामा रेलले जोड्ने बताए । उनले मालबाहकलाई पहिलो प्रथामिता दिदै रेल सञ्चालन गर्ने बताए । ति स्थानमा यात्रुबाहक रेल पनि सञ्चालन गर्न सकेमा नेपालमा आउने पर्यटकका लागि सुविधा पुग्ने बताए ।

नेपालका ५ नाकामा भारतीय रेल राजदुत रे
नेपालका ५ नाकामा भारतीय रेल राजदुत रे

रे ले नेपाल भारत बिच भएको यातायात सम्झौता कार्यान्यन नहुदा नेपाल आउन चाहाने पर्यटकहरु अप्ठेरोमा आउने गरेको बताए । उनले पोखरामा क्रिकेट मैदान बनाउन सके भारतीय पर्यटका लागि आर्को आक्रर्षण हुने बताए ।

उनले भारतीय चलचित्रलाई नेपालमा सुटिङ गर्न प्याकेजको व्यावस्था गर्न सके भारतीय पर्यटक बढ्ने बताए । कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले सवारी सम्बन्धी सहमती कार्यान्यन गर्नु पर्ने, हवाइ उडानका लागि नयाँ एयर रुट प्रदान गर्न माग गरे ।

कमेन्टहरु
Loading...