पोखरामा ‘७५ वर्षे ठिटो’ रामेशको बालापनको चर्चा

पोखरा, ३० चैत /जनताका गायक रामेशको संस्मरणात्मक किताब ‘बालापन जीवनको’माथि पोखरामा बहस भएको छ ।

¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजना तथा सङ्गम सांस्कृतिक मञ्च पोखराको सहआयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा लेखक रामेशसँग साहित्यकार तथा पत्रकार रुपिन्द्र प्रभावीले दोहोरो बहस गरे ।

रुपिन्द्रले रामेशको किताबमाथि केन्द्रित भएर उनका साङ्गीतिक यात्रा र बालापनका विषयमा चर्चा गरेका थिए । वि.सं. २००१ असार ८ गते पाल्पामा जन्मेका उनलाई रुपिन्द्रले ७५ वर्षे ठिटोको संज्ञा दिँदा उनी खुसी भएका थिए । ‘मैले १८ वर्षे बूढो पनि देखेको छु, ८० वर्षे ठिटो पनि देखेको छु’ उनले भने । आफूमा अझै पनि धेरै काम गर्ने अभिलाषा बाँकी नै रहेको उनले सुनाए ।

तीन वर्षकै उमेरमा तबला बजाएर जनतालाई चकित बनाएका जनताका गायक रामेशले अहिले नेपालमा सच्चा कुम्यनिष्ट नै नभएको टिप्पणी गरे । ‘मानिस असल काम, विचार र चरित्रले प्रगतिशील र कम्युनिष्ट हुन्छ’ उनले भने, ‘हामी दास होइन, हुनुहुँदैन । जनताको सेवा गर्दासम्म नेतालाई साथ दिऔं, सेवा नगरी स्वार्थमा लागे नेता बदल्नुपर्छ ।’

‘हिजो जनताका गीत गाउनेलाई जेल हाल्थे, सुन्नेको कान फुटाइन्थ्यो तर अहिले आफ्नो कुरा सहजै गाउन र भन्न पाइन्छ’, रामेशले भने, ’भरिया, किसान, अन्य मजदुरको जीवन अझै बदलिएको छैन ।’ गणतान्त्रिक शासन आउँदा पनि नेताहरूको प्रवृत्ति हिजोकै राजा र राणाको जस्तो भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

अहिले पनि जनता, पार्टी र सिद्धान्तलाई अमुक नेताको स्वार्थ पूरा गर्ने साधन मात्र बनाइएको उनको आरोप थियो । राल्फा आन्दोलनबाट नेपाली सङ्गीत परम्परामा दह्रो हस्तक्षेप गर्दै प्रगतिशील साङ्गीतिक अभियानमा क्रियाशील रामेशको ‘बालापन जीवनको’ बाल्यकालका सम्झनाहरु समेटिएको किताब हो ।

पारिजातको प्रेरणाबाट राल्फा जन्मेको स्रमण गर्दै उनले नेपाली सङ्गीतका क्षेत्रमा राल्फाले नयाँ मोड ल्याएको दाबीसमेत गरे । शृङ्खलाबद्ध रुपमा युवापन र त्यसपछिको जीवनका संस्मरणहरु पनि समेटेर किताब लेख्ने रामेशले बताए । जनताका गीत गाउँदा कैयौँ हण्डरहरु खानुपरे पनि कुनै गुनासो नरहेको रामेशको भनाइ थियो । उनले रातारात भाइरल हुने खालका गीतहरु आफूलाई गाउनु नपरेको र नपरोस् भन्दै बाँच्ने र बचाउने गीतका पक्षमा आफू रहेको धारणा राखे ।

बहसलाई अघि सहजीकरण गरेका रुपिन्द्रका खरा प्रश्नहरुको जवाफ निकै सहज ढङ्गले रामेशले दिएका थिए । देशको माया गर्न कोही काङ्ग्रेस वा कम्युनिष्ट हुनुनपर्ने धारणा अघि सारे । भने, ‘जनताका गीत गाउने र सुन्ने वातावरण मात्र बनाए पनि धेरै राष्ट्रवादी मान्छे जन्मिन्छन् ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको प्रस्ताव आए पनि आफूले त्यसलाई नस्विकारेको रामेशले खुलासा गरे । आफूले कुलपति भएपछि सम्पूर्ण प्राज्ञ

बहस कार्यक्रम पछि उनले सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरुको साथमा नयाँ पुरना गरी नौ ओटा गीत गाए । मेरी नेपाल आमा…बाट सुरु गरेका उनले बहुचर्चित गीत गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ…बाट समापन गरे । उनले प्रत्येक गीतको अन्र्तय र रचनागर्भ पनि प्रस्तुत गरेका थिए । उनलाई मञ्चका कलाकारहरु काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, सङ्गीता श्रेष्ठ, रेशम बी.सी., डी.बी. बान्तवालगायतले उनलाई लाइभ प्रस्तुतिमा साथ दिएका थिए ।

¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका सचिव अनुपमणि अधिकारीको सञ्चालनमा सम्पन भएको कार्यक्रमको स्वागत सङ्गम सांस्कृतिक मञ्च पोखराका कलाकारहरुले गीतमार्फत गरेका थिए ।

कमेन्टहरु
Loading...