पुस्तक साटासाट गरेर बाँड्यो ¥याण्डमले शुभकामना

पोखरा, असोज २०/बडा दसैं, तिहार र छठ पर्वका अवसरमा ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले पुस्तक तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । सोसाटीका अध्यक्ष गनेस पौडेलले सभापतिको मन्तव्य राख्दै सोसाइटीले पुस्तक दिवसका अवसरमा गर्दै आएको पुस्तक आदनप्रदान कार्यक्रम यस पटक पर्व विशेषको शुभकामना आदानप्रदानसँगै गरेको बताउनुभयो । पौडेलले लामो बिदाका बेला पुस्तक पढ्नु बढी फाइदाजनक हुने भएकाले यस्तो कार्यक्रम राखिएको बताउँदै पुस्तक दिवस र अन्य अवसरमा पनि यस्तै कार्यक्रमहरु सोसाइटीले गर्ने बताउनुभयो ।

आफूले ल्याएको पुस्तक डा. लक्ष्मीशरण अधिकारीलाई हस्तान्तर गरेर उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृतिकर्मी तथा साहित्यकार तीर्थ श्रेष्ठले सोसाइटीले पठन संस्कृतिको विकासका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले एक अर्काको अस्तित्व स्वीकार्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भर्खरै मात्र हृदयघात भएर स्वास्थ्यलाभ गरिरहनुभएका श्रेष्ठले डाक्टरको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि शुभेच्छुकहरुको सद्भावले ठूलो ढाडस आफूलाई दिएको र त्यसका लागि सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

४० जना विभिन्न क्षेत्रका व्यक्तिहरुले पुस्तक आदानप्रदान गरेका कार्यक्रममा न्यायाधिस डिल्लीराज आचार्य, साहित्यकार प्रकाश सायमी, प्राज्ञ हरिदेवी कोइराला, सोसाइटीका निवर्तमान अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’, उपाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, नेपाली लेखक संघ, कास्कीका अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, प्रा. डा. पशुपतिनाथ तिमल्सेना, साहित्यकार विश्व शाक्य, पत्रकार रामकृष्ण ज्ञवाली, पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षालगायतले मन्तव्यसहित शुभकामना व्यक्त गर्नुभएको थियो । सोसाइटीका सहसचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक रुपिन्द्र प्रभावीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव उपेन्द्र पौडेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...