पिपिएल-सर्वाधिक विकेट लिनेमा नेपाली बलर, रन बनाउने विदेशी अगाडि (कस्को कति सहित)

पोखरा, १९ कात्तिक / विट मार्ने संघारमा रहेको तेस्रो फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको रुपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगमा सर्वाधिक रन हिर्काउने खेलाडीमा विदेशी खेलाडीकै बर्चस्व छ ।

सर्वाधिक राशीको फ्रेन्चाईज क्रिकेटको उपाधिको लागि घरेलु टोली पोखरा पल्टन र नेपाली क्रिकेटको राष्ट्रिय टोलीको कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राईनोज बीच प्रतिस्पर्धा हुदैैं छ । फाईनलभन्दा अघिसम्मको स्थिति हेर्दा विदेशी खेलाडीको प्रदर्शनमा फ्रेन्चाईज टोलीले गर्व गर्दै आएका छन् ।

सर्वाधिक रन

हिर्काउने खेलाडीको सूचीमा काठमाडौं रोयल्सका गौरभ तोमार छन् । उनले ६ खेल खेल्दै २१२ रन बनाएका छन् । उनले एकै खेलमा ९५ रन हिर्काउँदै सर्वाधिक रन हान्ने सूचीमा अगाडि छन् । उनको औषत रनरेट ३५.३३ को स्ट्राईकको छ । त्यसपछि विराटनगर टाईटन्सका मोहम्मद जैद आलम छन् । उनले २०९ रन हान्ने क्रममा केवल ४ खेल मात्रै खेलेका छन् ।

सर्वाधिक ७२ रन हिर्काउँदै टोलीको लागि महत्वपूर्ण इनिङ् खेलका थिए । उनको औषत स्ट्राईक रेट ५२.२५ रहेको छ । सर्वाधिक रन हिर्काउने तेस्रो नम्बरमा धनगढी ब्लुजका कप्तान दिपेन्द्रसिंह ऐरी छन् । उनले ५ खेलमा १८९ रन हिर्काएका छन् । उनको सर्वाधिक रन ५६ छ । औषत स्ट्राईक भने ६३ छ । चौथो नम्बरमा पाँच खेल खेलेका पोखरा पल्टनका व्याट्सम्यान भारतीय खेलाडी रवि इन्दर सिंह छन् ।

उनले १७० रन बनाएका छन् । अन्तिम फाईनल खेल भने बाँकी छ । सर्वाधिक रन ६५ हानेका उनको स्ट्राईक रेट ३४ छ । चितवन राईनोजका हरिशंकर साह युवा पुस्तामा सबैभन्दा राम्रो व्याटिङ लयमा छन् । उनले ६ खेल खेल्दै १४३ रन बनाएका छन् । सर्वाधिक रन ६० छ । औषत स्ट्राईकरेट २३.८३ छ । उत्कृष्ठ बलरको सूचीमा भने करण केसी अगाडि छन् ।

उनी उत्कृष्ठ

बलरको हकदार बन्दै सुजुकी मोटरसाईकल पाउने सम्भावना बढी छ । चितवन राईनोजका बलर करण केसी–६ खेलमा २२.३ ओभर बलिङ गर्दै २ मेडन राखेका छन् । १४१ रन खर्चिएर उनले ११ विकेट । फाईनल भने अझै खेल्न बाँकी छ । उनको बेष्ट १९–३ हो । इकोनोमी ६.२६, औषत १२.८१ रहेको छ ।

दोस्रो स्थानमा विराटनगर टाईटन्सका सन्दीप लामिछाने । उनले ५ खेल खेल्दै २० ओभरमा २ मेडन राख्दै १२९ रन दिदैं १० विकेट लिएका छन् । उनले लिगमा बेष्ट २५–४ थियो । इकोनोमी ६.४५, औषत १२.९० रहेको छ । तेस्रो स्थानमा चितवन राईनोजका विदेशी खेलाडी सन्नी पटेल छन् । उनले ६ खेल, २३.२ ओभर, ३ मेडन, ७१ रन, ९ विकेट, बेष्ट –४, इकोनोमी ३.०४, औषत ७.८ रहेको छ ।

पोखरा पल्टनका

ललित राजवंशी चौथो स्थानमा रहदै ५ खेल, २० ओभर,० मेडन, १२९ रन, ९ विकेट, बेष्ट १७–३, इकोनोमी ६.०५, औषत १३.४४ रहेको छ । बुटवल ब्लाष्टर्सका पोखरेली खेलाडी विपिन खत्रीले ५ खेल, १७.५ ओभर ० मेडन, ९२ रन, ८ विकेट, बेष्ट १९–२, इकोनोमी ५.१५, औषत ११.५ राख्दै शीर्ष बलरको सूचीमा पाँचौ भित्र छिरेका छन् ।

क्विन्स इभेण्ट म्यानेजेमन्ट प्रा.लिको आयोजना तथा विभिन्न प्रायोजकको प्रायोजन रहेको पोखरा् । प्रिमियर लिगको विजेताले २७ लाख रुपैयाँ पाउने छ । उपविजेताले १० लाख रुपैयाँ पाउने छ । तीन खेलाडी म्यान अफ दि सिरिज, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले सुजुकी कम्पनीको मोटरसाईकल प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...