पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य प्रस्तुत

पोखरा, १६ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा खेलमा पोखरा पल्टनले धनगढी ब्लुजलाई जितका लागि १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा पल्टनले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाउदै १४५ रनको लक्ष्य प्रस्तुत गरेको हो । पोखराका लागि रोहिककुमार पौडेलले सर्वाधिक ३१ रन, रबिन्दर सिंहले २८, आसिफ २३, रासिद खानले १५, शरद भेषवाकरले १४, मोहम्मद नभिदले ११ र बिक्रम भुषालल ८ रनको योगदान दिएको छ ।

धनगढी ब्लुजका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका कमलले २३ रन खर्चिएर १ मेडन राख्दै ४ विकेट लिए । त्यस्तै पिटर ट्रिगो, डेनियल लरेन्स र रोबन क्षेत्रीले १–१ विकेट लिए ।

जवाफी व्याटिङमा रहेको उत्रीको धनगढीले यो समाचार तयार पार्दा सम्म लागि ७ ओभर खेल्दै १ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

http://www.espncricinfo.com/series/19003/game/1162784/expert-dhangadi-vs-pokhara-paltan-12th-match-pokhara-premier-league-2018-19

कमेन्टहरु
Loading...