पत्रकार पौडेललाई मातृशोक

पोखरा, १९ मंसिर/ पत्रकारद्वय ईश्वरी पौडेल र पार्वती पौडेललाई मातृशोक परेको छ । उनका ममतामयी माता चित्रकुमारी पौडेलको ७७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

केही समयदेखि मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास समस्याबाट पीडित पौडेलको काठमाडांैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारक्रममा सोमबार दिउँसो २ बजे असामयिक निधन भएको हो ।

स्व. पौडेल स्याङ्जा साविकको चिलाउनेबास गाविसको हाल आँधीखोला गाउँपालिका स्थायी घर भई पोखरा र काठमाडौंमा छोराहरुसँग बस्दै आउनुभएको थियो ।

स्व. पौडेलको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । पार्थीव शरीरमा जेठा छोरा जयनारायण पौडेलले दागबत्ती दिएका थिए । स्व. पौडेलका श्रीमान्, ३ छोराहरु ४ छोरीहरु, ४ बुहारी, १० नातिहरु र ४ नातिनीहरु छन् ।

जेठा छोरा अधिवक्ता जयनारायण पौडेल पुनरावेदन अदालत बार एशोसिएसन पोखराका पूर्व अध्यक्ष हुन् । माहिला त्रिभुवन पौडेल र कान्छा शिव पौडेल कानून व्यवसायमै आवद्ध छन् । पत्रकार ईश्वरी पौडेल पोखराबाट प्रकाशित हुने परिज्ञान साप्ताहिकका सम्पादक हुन् ।

कमेन्टहरु
Loading...