पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा यस्तो बन्ने भए आकासे पुल

पोखरा, १९ पुस/पोखरा प्रबेशको मुख्यचोक पृथ्वीचोक सहित अन्य चोक निकै ब्यस्त छन् । पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकको क्षेत्रमा गाडी जाम हुँदा यात्रुलाई धेरै समस्या पर्न थालेको छ । पोखरा महानगरले यही समस्यालाई सम्बोधन गर्न दुई ठाउँमा आकासेपुल निर्माण गर्ने भएको छ ।

सिर्जनाचोकमा पुल बनाउन १ करोड ८० लाख र पृथ्वीचोकमा २ करोड ४१ लाख रुपैयाँ लगानीमा आकासे पुलको निमार्ण गर्न लागेको पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार यो बजेट प्रश्तावित मात्रै हो । अन्तिम इस्टिमेट तयार भएपछि टेण्डर निकालिनेछ । सिर्जनाचोकमा पुल बनाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ विनियोजन गरेका छन् भने बाँकी रकम महानगरले लगानी गर्दैछ । पुल निर्माणका लागि डिजाईन समेत तयार भैसकेको छ ।

‘डिजाईन तयार भयो । यो महिनाभित्रै टेण्डर निकाल्ने तयारी छ, उनले भने–सकेसम्म चालू बर्षभित्रै पुल बनिसक्छ ।’ महानगरले २०६६ सालदेखि नै नगरका मुख्य चोकहरुमा आकासेपुल निर्माण गर्ने निर्णय गर्दै आएको थियो ।

कमेन्टहरु
Loading...