पोखरा रंगशालालाई अन्तराष्ट्रिय मैदान बनाउ चिनियाले सहयोग गर्ने

सम्झौताको लागि स्वीकृति कुर्दै प्रदेश सरकार

पोखरा, १८ पुस /सर्भे सकिएको छ । सर्भेपछिको स्टेडियमको आवश्यक नक्सांकन समेत तयार गरिसकिएको छ । सर्भे गरिएको नक्सांकन समेत प्रस्तुत भईसकेको छ । केवल बाँकी छ फाईनल डिपिआर रिपोर्ट । त्यसको लागि संघीय सरकारको स्वीकृति कुर्दै बसेको छ गण्डकी प्रदेश ।

गण्डकी प्रदेश सरकारले अन्तराष्ट्रिय खेल मैदान निर्माण गर्न चिनिया कम्पनीसँग अन्तिम सम्झौताको लागि संघीय सरकारको निर्णय कुरेको छ । पोखरा रंगशालालाई अन्तराष्ट्रिय खेल मैदान बनाउन प्रदेशले चिनियाँ कम्पनीसँग छलफल गरिरहेको छ । छलफलसँगै चिनियाँ रेल वे १४ औं व्युरो ग्रुप कम्पनीले रंगशाला अध्ययन भ्रमण गरी आवश्यक सर्भे गरी नक्सांकन गरिसकेको गण्डकी प्रदेश भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेतले जनाए ।

‘प्रारम्भिक सर्भे भईसकेको छ । उनीहरुकै लगानीमा बनाउन दिने गरी आवश्यक पक्रिया अघि बढिसकेको छ । संघीय सरकार समक्ष पत्रचार गरिसकेका छौं । सम्झौताको लागि स्वीकृति दिए एमओयु (म्युचुअल अफ अण्डरस्ट्याण्डिङ) गरेर काम अघि बढाउँछौं ।’ मन्त्री बस्नेतले भने–‘रंगशालाभित्र बन्ने पुर्वाधारको नक्सा बनाईसकेका छन् । त्यसको प्रस्तुती समेत चिनियाँ कम्पनीले प्रदेश मन्त्रालय गरिसकेको छ ।’

एनका अनुसार प्रदेशले अब एमओयुको लागि संघीय सरकारको स्वीकृति मात्रै कुरेर बसेको छ । संघीय सरकारले स्वीकृति दिए एमओयु गरेर पोखरा रंगशालालाई अन्तराष्ट्रिय खेल मैदान बनाउने योजना पुरा गर्ने उनको भनाई थियो । ‘अनुमति नदिईकन केही गर्न पाईदैन् । त्यसैले पत्रचार गरिसकिएको छ । स्वीकृतिको लागि कुरेर बसेका छौं ।’ उनले भने–‘आगामी माघको पहिलो साता वा दोस्रो सातासम्म अनुमति आईसक्ने विश्वास छ । जवाफ आएपछि मात्रै काम गर्ने छौं ।’

उता राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाको फुटबल स्टेडियम निर्माण गर्न आह्वान गरिएको टेण्डर अनुसार एउटा मात्रै बाँकी रहेको कम्पनीलाई सम्झौताको लागि आसयपत्र प्रकाशित गरी सूचित गरिसकिएको जनाएको छ । ‘सम्झौताको लागि आह्वान गर्न आसयपत्र प्रकाशित गरिसकिएको छ ।’ परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने–‘सम्बन्धित कम्पनी सम्झौता आएपछि काम अगाडि बढ्छ ।’ उनका अनुसार साग गेम्स अघि नै सम्झौता भई काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिना अघि ती मैदानको पुर्व पश्चिम रहेका दुई प्यारापिट भत्काईएको थियो । राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरिसकेको छ । ‘मन्त्रालयले बजेट छुट्टाईसकेको छ ।’उनले भने–‘त्यसैले सम्झौतको लागि आह्वान गरिसकिएको छ । अबको केहीदिनमै टुंगिन्छ ।’

खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको संयुक्त र ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुरको संयुक्तले चासो दिएका थिए । आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ ।

मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो । जोईन्ट भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभर लगायत अध्ययन परिषदले गर्ने छ ।

पोखरा रगंशाला ४१७ रोपनी छ । पुर्वाधार बनाउन केवल थोरै मात्रै छन् । क्रिकेट, स्वीमिङपुल, सडक, मार्शल आर्ट कभर्ड हल बनाउन बाँक छन् । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल निमार्णाधिन छन् । साग गेमलाई लक्षित गरी र्आचरी, कभर्ड हल र टेनिस कोर्टको काम भईरहेको छ । स्क्वासको लागि आवश्यक पुर्वाधार समेत बनाईएको छ ।

पोखरा रंगशाला भित्र अहिले साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल, दुई करोडको लागतमा आर्चरी मैदान, साढे दुई करोडमा टेनिसको हार्ड कोर्ट, क्ले कोर्ट र चेन्जिङ रुमसहित प्यारापिट निर्माणाधिन, साढे तीन करोडको लागतमा निर्माणाधिन चारकोर्ट युक्त व्याडमिन्टन कभर्ड हल, सवा करोडको लागतमा भलिबल प्रशिक्षण केन्द्र र ९० लाखको लागतमा ह्याण्डबल खेल मैदान निर्माण गरिएको छ ।

कमेन्टहरु
Loading...