पोखरा रंगशाला फुटबल स्टेडियम बनाउन सम्झौता, १ अर्ब ७३ करोड अनुमान

पोखरा, २३ पुस / लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि सम्झौता भएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग फुटबल स्टेडियम निर्माणको लागि सम्झौता भएको हो । ‘सम्झौताको लागि आह्वान गर्न आसयपत्र प्रकाशित गरेपछि कम्पनीसँग सम्झौता भएको हो ।’

राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने–‘सम्झौता भईसकेको छ । अब कम्पनीले फिल्ड भिजिट गरेपछि काम शुरु गर्ने छ ।’ कम्पनीका पदाधिकारीहरु सोमबार पोखरा रंगशाला आउने र स्थलगत अध्ययन गर्ने छ ।

नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिना अघि ती मैदानको पुर्व पश्चिम रहेका दुई प्यारापिट भत्काईएको थियो । राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरिसकेको छ । ‘मन्त्रालयले बजेट छुट्टाईसकेको छ ।’उनले भने–‘छ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का दिइएको छ ।’

खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको अन्तिम छनोटमा परेका थिए । तर केही महिना अघि मात्रै चिनियाँ कम्पनीलाई हटाई भारतीय कम्पनीलाई छनोट गरिएको थियो । मैदानको लागि १ अर्ब ७३ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ । फुटबल स्टेडियम बनाउन अर्थ मन्त्रालयले डेढ महिना अघि मात्रै बजेट सुनिश्चितता गरेपछि टेण्डर प्रक्रियालाई टुग्याइएको हो । अर्थ मन्त्रालयले १ अर्ब २० करोड ५५ लाख रुपैयाँको उपलब्ध गराउने सुनिश्चितता गरेको थियो ।

आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो । जोईन्ट भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभर लगायत अध्ययन परिषदले गरेपछि निर्णय गरिएको उनले सुनाए ।

पोखरा रंगशालालाई अन्तराष्ट्रिय मैदान बनाउ चिनियाले सहयोग गर्ने

टेण्डर सम्झौता भएपछि कम्पनीका पदाधिकारीहरु पोखरा आईपुग्ने जनाउँदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्थलगत अध्ययन गरेपछि लगत्तै काम शुरु गर्ने बताए । ‘अब काम रफ्तारमा हुन्छ ।’ उनले भने–‘सोमबार टोलीले स्थलगत अध्ययन गरेर फर्किएपछि सामान झार्न शुरु हुन्छ ।’ टेण्डर सम्झौता भएपछि माघ १५ गतेदेखि मनकामना केवलकार फुटबल प्रतियोगिता र फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकप प्रतियोगिता प्रभावित हुने सम्भावना छ ।

पोखरा रगंशाला ४१७ रोपनी छ । पुर्वाधार बनाउन केवल थोरै मात्रै छन् । क्रिकेट, स्वीमिङपुल, सडक, मार्शल आर्ट कभर्ड हल बनाउन बाँक छन् । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल निमार्णाधिन छन् । साग गेमलाई लक्षित गरी र्आचरी, कभर्ड हल र टेनिस कोर्टको काम भईरहेको छ । स्क्वासको लागि आवश्यक पुर्वाधार समेत बनाईएको छ ।

पोखरा रंगशाला फुटबल स्टेडियमको टेण्डर मूल्यांकनमै अडकियो, अझै अगाडि बढेन

पोखरा रंगशाला भित्र अहिले साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल, दुई करोडको लागतमा आर्चरी मैदान, साढे दुई करोडमा टेनिसको हार्ड कोर्ट, क्ले कोर्ट र चेन्जिङ रुमसहित प्यारापिट निर्माणाधिन, साढे तीन करोडको लागतमा निर्माणाधिन चारकोर्ट युक्त व्याडमिन्टन कभर्ड हल, सवा करोडको लागतमा भलिबल प्रशिक्षण केन्द्र र ९० लाखको लागतमा ह्याण्डबल खेल मैदान निर्माण गरिएको छ ।

यता गण्डकी प्रदेश सरकारले समेत अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न परिपत्र गरेको जनाएको छ । अन्तराष्ट्रिय खेल मैदान बनाउन प्रदेशले चिनियाँ कम्पनीसँग छलफल गरिरहेको छ । छलफलसँगै चिनियाँ रेल वे १४ औं व्युरो ग्रुप कम्पनीले रंगशाला अध्ययन भ्रमण गरी आवश्यक सर्भे गरी नक्सांकन गरिसकेको गण्डकी प्रदेश भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत बताएका थिए ।

कमेन्टहरु
Loading...