पोखरा थियटरको शुभकामना आदान प्रदान 

पोखरा, १ बैशाख  / पोखरा थियटरले नयाँ बर्ष २०७४ सालको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । थियटरले शुक्रबार पोखरामा सक्रिय बिभिन्न बाङमय प्रतिष्ठान र साहित्य तथा कला क्षेत्रसंग सम्बन्धीत ब्यक्तिहरुका  बिच सम्बन्ध प्रगाढ बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती  सुरु भक्त श्रेष्ठले थियटर सिलान्यास पोखराको रंगमञ्चमा नयाँ आयामको सुरुवात भएको बताउनु भएको छ । उहाँले कलाको उर्बर थलोका रुपमा परिचित पोखराको गरिमालाई जोगाइ राख्न सक्रियता र निरन्तरता आबश्यक रहेको बताउनुभयो । उहाँले गत बर्ष पोखरामा ३ वटा नाटक मञ्चन हुनुले नाट्य क्षेत्रमा क्रियाशिलताको संकेत देखिएको बताउनुभयो ।
उहाँले कला क्षेत्रलाई बुझ्नेहरुको संख्या बढ्दै गएकाले यस क्षेत्र अबको केही समयमा नाम र दामका हिसाबले अब्बल बन्ने बताउनुभयो । उहाँले देश प्रादेशिक ढाचामा अगाडी बढ्नुले  कला क्षेत्रको लागि नयाँ सम्भाबनाको मार्ग श्रृजना गरेको बताउनुभयो । श्रेष्ठले देशकै ठुलो पोखरा लेखनाथ महानगरपालीकामा थिएटर निमार्णको अबधारण अगाडी बढ्नु  सकारात्मक कदम भएको र यसले पोखराको रंगमञ्चलाई पुनः जगाउन उल्लेख्य भुमीका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले पोखराको कला,संगित र नाट्य क्षेत्रको समग्र बिकाशको लागी  सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।
त्यस्तै वरिष्ट रंगकर्मी शिब तथास्तुले बिगत देखी संकटबाट गुज्रियको कला क्षेत्रको बिकाशका लागि निरन्तरताको आबश्यकता रहेको बताउनुभयो । उहाँले थियटर शिलान्यासले पुराना रंगकर्मीलाई पनि पुन रंगमञ्चमा फर्कन दबाब श्रुजना गर्ने बताउनुभयो ।  कार्यक्रममा रंगकर्मी बर्षा केशब पराजुली, गण्डकी साहित्य सदनका अध्यक्ष डा.कृष्ण राज अधिकारी,¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल,सप्तरंगी सास्कृतीक प्रतिष्ठानका सचिब अभिमन्यु बिक्रम राणा, प्रगतीशिल लेखक संघका अध्यक्ष भिम रानाभाट,युथ क्रियशन थिययटरका सचिब सौगात पोखरेल,गजल सन्ध्या पोखराका उपाध्यक्ष अमृत सुबेदी,चलचित्र पत्रकार मञ्च कास्कीका उपाध्यक्ष राजाराम पौडेल,रंगकर्मी प्रमिला तुलाचन लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
पञ्चामृत नाट्य समुहका अध्यक्ष तथा पोखरा थियटर निमार्ण समितीका संयोजक परिबर्तनको अध्यक्षतामा भएको कार्यक्रममा समितीका सदस्य दिल गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो  बिष्णु बसौलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कमेन्टहरु
Loading...