पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

पोखरा, २० कात्तिक / पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले जितेको छ । रवीइन्द्र सिंहले सर्वाधिक ९० रनको मद्दतले पोखरा पल्टनले उपाधि जितेको हो । चितवन राइनोजले दिएको १६१ रनलाई १९.२ ओभरमा पुरा गर्दै उपाधि हात पार्न सफल भएको हो ।

पोखरा पल्टनका विनोद भण्डारीले ६ बलमा ४ रन आवश्यक रहेको अवस्थामा चौका प्रहार निर्णाय जित दिलाएका हुन् । विजेता टोलीले २७ लाख नगद प्राप्त गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो ।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै ३७ बलमा ९ छक्का प्रहार गरे। खड्काले ५१ रन जोडेका थिए। यस्तै सन्नी पटेलले उत्कृष्ठ ब्याटिङ गरे। उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन जोडे। अनिल कुमार शाह ३७ रन बनाए भने आरिफ शेख १४ रनमा अविजित रहे ।

कमेन्टहरु
Loading...