पोखरा फोटोग्राफर संघको ३२ औं साधारण सभा

पोखरा, १९ असोज। पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको ३२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवम् सम्मानित सदस्य शम्भुरत्न शाक्यले फोटोग्राफि व्यवसायलाई मर्यादित बनाउनका लागि नया प्रविधिको वारेमा संघका सदस्यहरुलाई जानकारी गराउनु पर्ने बताए । कार्यक्रममा संघका सचिव गुरुप्रसाद तिवारी र कोषाध्यक्ष जीवन ढु·ानाले प्रस्तुत गरेको वार्षिक प्रगति तथा आर्थिक प्रगति प्रतिवेदन साधारण सभाले पारित गरेको थियो।

उक्त कार्यक्रमा संस्थाका आजिवन सदस्यहरुलाई सम्मान र नया सदस्यहरुलाई स्वागत गर्नुका साथै २०६९ मा प्रवेशिका परिक्षा उत्तिर्ण हुने यस संघका सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो। यसैगरि पोखरा फोटोग्राफर संघ पोखरा द्वारा संचालित फोटोग्राफर राहतकोषमा आर्थिक सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै यस संघका आजिवन सदस्य स्व. उदयराज ढु·ानाको छोरा लाई रु दश हजार राहत प्रदान गरिएको थियो ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्षहरुको तर्फवाट विश्वरत्न शाक्य ,फोटोग्राफर राहत कोष ब्यवस्थापन संयोजक राममणी पौडेल, संस्थाका कानुनी सल्लाहकार मदनप्रसाद तिवारी, पोखरा फोटो ग्राफर संघ द्वारा प्रर्वद्धित संस्था कैलाश वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नविनराज पौडेल, पोखरा फोटोग्राफर संघ महिला उप समिति संयोजक सान्त्वना पराजुली, संघका जग्गादाता राम प्रसाद बा“स्तोलाले बोलेका थिए ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपालका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारणसभा कार्यक्रम संयोजक जीवन ढु·ानाले स्वागत र संघका सचिव गुरुप्रसाद तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...