‘पेट्रोल बिहीबार सम्ममा सहज हुन्छ’ स्टोर गर्नु पर्दैन

सागर राज तिमिल्सिना
पोखरा, ७ बैशाख /पोखराको बजारमा अहिले देखिको पेट्रोल अभाव बिहीबार सम्ममा सहज हुने व्यवासायीले बताएका छन् ।

तीन दिन सम्मको विदा, रक्सोल नाकाबाट कम लोड हुदा र उपभोक्ताले स्टोर गर्दा अभाव देखिको पश्मिाञ्चल पेट्रोलीयम डिलर्स एशोसियनका महासचिब राजन गोङगजुले जानकारी दिए । ‘बिहीबार सम्ममा सबै पेट्रोल पम्पबाट पेट्रोल पाइन्छ’ उनले भने,‘नेपालमा दुई दिन सार्वजनीक विदा, भारतमा एक दिन विदा हुदा अहिलेको समस्या आएको हो ।’ बिहीबार देखि सबै पम्पबाट २४ सै घण्टा पाउन सकिन्छ । उलने उपभोक्तालाई स्टोर नगर्न पनि सुझाव दिए ।

‘पेट्रोलमा छिटो आगो सल्कने भएकाले स्टोर गरेर नराख्नु होस्’ उनले भने, ‘हावा हुरी चल्लेन बेला र लोडसेडिङग भई रहने बेला भएका कारण अझ खतरा हुने बताए । उनले नाका बन्दीका कारण पेट्रोलले अभाव भएको है भन्दै उपभोक्तालाई स्टोर नगर्न पनि सुझाब दिए । उनले नेपाल आयल निगम गगनगौडा डिपोमा पेट्रोल भरि भएको बताए । डिजेलको भने कुनै अभाव नभएको उनले बताए ।

कमेन्टहरु
Loading...