पोखराको लेकसाइडमा भारतीय गाडी बबन्डर, पाँच सवारीमा ठक्कर (फोटो फिचर र भिडियो )

पोखरा, ११ असार /पोखराको लेकसाइडमा चार वटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

भारतीय नम्बर प्लेटको गाडीले तीन वटा मोटरसाइकल, एक स्कुट र एक ट्क्यासीलाई ठक्कर दिदा तीन जना घाइते भएका हुन् । ति मध्ये एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य छन् ।

एच आर ०९ एल ००० ९ नम्बरको गाडीले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा अन्य सवारी साधन र पैदल यात्रीलाई पनि ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

उनले चालकले मदिरा सेवन गरी जथाभावी सवारी चलाउदा दुर्घटन भएको देखीको बताए । भारतको दिल्लीबाट पोखरा घुम्न आएका थिए । घाइतेहरुको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

पोखराको लेकसाइडमा भारतीय गाडी बबन्डर, पाँच सवारीमा ठक्कर तस्बिरः सामाजीक सञ्जालबाट
पोखराको लेकसाइडमा भारतीय गाडी बबन्डर, पाँच सवारीमा ठक्कर तस्बिरः सामाजीक सञ्जालबाट

भारतीय गाडीलले तीन वटा मोटरसाइकललाई ठक्कर दिए पछि भाग्ने क्रममा भागेको थप एक ट्रयाक्सी, स्कुटर, पैदलयात्री र गाईलाई समेत ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । गाडीको ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ बर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका हुन् । उनको पोखराको मेट्रोसिटी हस्पिटलमा सघन कक्ष (आइसियू) मा उपचार भैरहेको छ ।

गाडीको ठक्करबाट पोखरा गगनगौडाका पैदलयात्री ५२ बर्षीय मुकुल ढकाल र ग १६ प ९९५९ मोटरसाइकल चालक पोखरा २३ का ३३ बर्षीय इश्वर नेपाली घाइते भएका छन् । उनिहरुको मेट्रो सिटी हस्पिटलमा उपचार भैरहेको छ ।

पोखराको लेकसाइडमा भारतीय गाडी बबन्डर, पाँच सवारीमा ठक्कर तस्बिरः सामाजीक सञ्जालबाट
पोखराको लेकसाइडमा भारतीय गाडी बबन्डर, पाँच सवारीमा ठक्कर तस्बिरः सामाजीक सञ्जालबाट

अर्घाखाँची घर भई भारत बस्दै आएका अजय बरालले चलाएको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको हो । गाडी चालक र गाडीलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा छ ।

गाडीले ग१५प ८६२६ नम्बरको स्कुटर, ग७प १३४७ नम्बरको मोटरसाइकल, ग१६प ९९५९ मोटरसाइकल, ग१३प १५२ नम्बरको मोटरसाइकल र ग१ज २७८६ नम्बरको ट्याक्सिलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

पोखराको लेकसाइडमा भारतीय गाडीले ठक्कर दियो, तीन घाईते
पोखराको लेकसाइडमा भारतीय गाडीले ठक्कर दियो, तीन घाईते
पोखराको लेकसाइडमा भारतीय गाडीले ठक्कर दियो, तीन घाईते
कमेन्टहरु
Loading...