पोखरामा नेपाल सहित ४ देशका दुर अपरेटर बिच बीटुबी हुने

पोखरा, १६ जेठ/सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटकीय नगरी पोखरामा टूर अपरेटरबीच पोखरा बीटुबी (व्यावसायिक जानकारी आदान प्रदान) हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा हुने कार्यक्रममा भारत, बंगलादेश र कम्बोडिया गरी ३ मुलुकका ३० जना व्यवसायी र पोखराका करिब ४० जना व्यवसायीबीच व्यावसायिक छलफल र व्यापार आदानप्रदानमा छलफल हुने पोखरामा आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

टोलीले जेठ १७ गतेसम्म पोखरामा प्रवद्धर्नात्मक भ्रमण गर्नेछन् भने १८ गते छलफलमा केन्द्रित हुनेछन् । पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको संख्या देखिए पनि पर्यटन क्षेत्रबाट लाभ पाउन भने त्यत्ति सकेका छैनन् ।

पोखरामा हुने व्यवसायीक छलफलले यहाँका व्यवसायीले प्रत्यक्ष फाइदा पाउने विश्वास लिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

व्यवसायी टीकाराम सापकोटा, परिषदका उपाध्यक्ष, गोपी भट्टराई, महासचिव दील गौतमले छलफलले व्यवसायीमा उत्साह थप्ने बताए ।

सन २०१६ को तथ्याङ्क अनुसार नेपाल भित्रिएका भारतिय पर्यटकको संख्या १ लाख १८ हजार, २०१७ मा १ लाख ६० हजार, १८ मा २ लाख बढी भारतिय पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहेको छ भने २०१६ मा बंगलादेशबाट २३ हजार, २०१७ मा २९ हजार, २०१८ मा ३० हजार, पर्यटक नेपाल आएका थिए । यस्तै कम्बोडियाबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

नेपाल आएका पर्यटक मध्य ४० प्रतिशत पोखरा आएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणि लामिछानेले बताए । कार्यक्रममा ट्रिप एड्भाइजरका साउथ एसिया प्रमुख कार्यकारी अधिकृत सहितका विज्ञहरुले पर्यटनसंग सम्बन्धीत विशेष प्रस्तुती राख्नेछन ।

कमेन्टहरु
Loading...