पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको डिजाईन तयार (भिडियो सहित)

पोखरा, ६ भदौ / पोखरामा निमार्ण भईरहेको अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थलको डिजाईन टुंगो लागेको छ । बुधबार

पोखरामा आयोजीत कार्यक्रममा डिजाईन सार्वजनिक गरिएको हो । पर्यटन तथा नागरिकम उड्यानमन्त्री रविन्द्र

अधिकारी सहितको टोलीलाई भिडियोबाट डिजाईन देखाएर सार्वजनीक गरिएको हो । बुधबार देखी नै

विमानस्थलको टर्मिनल भवनको काम पनि सुरु भएको छ । अधिकारीले भवनको शिलान्यास गरे । विमानस्थलको

अहिले सम्म १५ प्रतिशत भन्दा बढि काम सम्पन्न भईसको छ ।

करिब डेढ बर्षपछि टर्मिनल भवनको डिजाईन पूरा भएको हो । २०७३ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री

केपी शर्मा ओलीले एयरपोर्टको शिलान्यास गरेका थिए ।

२०२० जुलाई सम्ममा काम सक्ने लक्ष्य लिईएको एयरपोर्ट निर्माणको काम विभिन्न कारण देखाउँदै एक बर्ष थप

गरिएको छ । सन् २०२१ को जुलाई पहिलो तारिखमा निर्माण कम्पनीले सरकारलाई एयरपोर्ट हस्तान्तरण गर्ने र

सोही दिनदेखि विमानबाट उडान भर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

कमेन्टहरु
Loading...