पोखरामा आज ६३ हजार पेट्रोल वितरण हुने

पोखरा, ६ असोज/ चालकहरुको आन्दोल सहमती भए पनि पोखरामा पेट्रोलको अभाव भए पछि आज पनि

पोखरामा पेट्रोल वितरण हुने भएको छ । पोखरामा आज ६३ हजार लिटर पेट्रोल पोखराका विभिन्न पम्पबाट

वितरण हुने पश्चिमाञ्चल पेट्रोलियम डिलर्स पोखरामा अध्यक्ष राजन गोङ्गजुले जानकारी दिए । उनले पोखरा

आपूर्ति सहज गर्न नेपाल आयल निगम गगनगौडा डिपीबाट शनिबार पनि पेट्रोल झिकेर पम्पलाई वितरण

गरेको उनले बताए । पोखरामा दैनिक १ लाख लिटर पेट्रोल खपत हुने भएपनि चार दिन देखी आवश्यक मात्रामा

पेट्रोल आएको छैन । साझँ ५ बजे पछि पेट्रोल पम्पहरुले बाड्ने उनले बताए ।

कमेन्टहरु
Loading...