प्रगती टोल बिकास संस्थामा पौडेल

लेखनाथ १३ असोज/लेखानाथको भण्डाढीकमा अवस्थीत प्रगतीटोल बिकास संस्थामा धर्मदत्त पौडेलको अध्यक्षतामा नयाँनेत्व चयन गरेको छ । आइतबार बसेको सस्थाको दोस्रो साधारण सभा र प्रथम अधिवेसमा बोल्दै लेखनाथ नगरपालीका वडा नं १ का वडा सचिव लीला भण्डारीले संस्थालाई आफूले हरतहले सहयोग गर्ने र सानो कुरालाई प्रथमिकता दिने कुरा जनाए ।

अधिवेसनबाट उपाध्यक्ष्यमा यम बहादु जि सी, सचिवमा लक्ष्मी आचार्य, सह सचिवमा कोपिला परियार, कोषाध्यक्षमा थिर बहादुर खत्रि त्यसै गरी सदस्यहरुमा नारायणी चापागाई, धन बहादुर गुरुङ रहेका छन् । त्यसै गरी सल्लाहकारहरुमा मोती गिरी, जयकृष्ण त्रिपाठी, ऋषिराम भण्डारी, लिलामणि भण्डारी, तेजप्रसाद भण्डारी रहेका छन् ।

करीब ९ बर्ष पछि बसेको पहिलो अधिवेसनले नयाँ कार्य समिती चयन गरेको हो । संस्थाका अध्यक्ष जयकृष्ण त्रिपाठीको अध्यक्ष्यतामा भएको उक्र कार्यक्रममा स्वागत मन्तव्य मोती गिरीले गर्नुका साथै कार्यक्रम सञ्चालन सस्थाका सचीव शिवमणी भट्टराईले गरेका थिए ।

कमेन्टहरु
Loading...