पार्वती ९ दिनदेखी वेपत्ता

पोखरा, २४ असार/पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक निवासी ३४ वर्षिया पार्वती वराल ९ दिनदेखी बेपत्ता भएकी छन् । स्थानिय यमप्रसाद बरालकी श्रीमती पार्वती गत असार १६ गते दिउँसो साढे १२ बजे घरबाट हिंडेपनि फर्केर नआउँदा परिवार चिन्तित बनेका छन् ।

आफन्तदेखी चिनेजानेका सबैकोमा खोजी गर्दापनि नपाईएपछि प्रहरीमा समेत खोजिका लागि आग्रह गरिएको पार्वतीकीका श्रीमान यमप्रसाद बरालले जानकारी दिए ।

गहुँगोरो वर्णकी मोटो शरिर, ५ फुट १ ईञ्च उचाई भएकी पार्वतीको कपाल कैलो र आँखा केही ठूलो छ । बेपत्ता पार्वतीले टिसर्ट र पाईन्ट लगाएको नन्द शोभा वराल (शर्मा)ले जानकारी दिईन् ।

बेपत्ता पार्वतीलाई देख्नुहुने वा भेट्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा पार्वतीकी श्रीमान् यमप्रसाद वराललाई ९८५६०७२६४२ मा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...