प्राविधिक र गुणस्तरीय शिक्षामा जोड–अध्यक्ष तिमिल्सिना

पोखरा, २० मंसिर / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राविधिक एवम् गुणस्तरीय शिक्षा राज्यको पहिलो प्राथमिकता भएको बताए ।

पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटीस्थित पशुपति माविको स्वार्णजयन्ती समारोहको आज उद्घाटन गर्दै उनले मुलुकको समृद्धिका लागि प्राविधिक एवम् व्यवसायिक शिक्षाको विकल्प नभएको बताए ।

पढेर केवल जागिर खाने मात्र सोचमा परिवर्तन अपरिहार्य भएकोमा जोड दिंदै उनले प्राप्त शिक्षालाई समाज र राष्ट्र हितमा उपयोग गर्नुपर्ने औल्याए ।
देशको परिवर्तित राज्य व्यवस्थालाई आत्मसाथ गर्दै सरकारले आगामी फागुन २१ भित्रमा ३३९ वटा विद्यमान ऐन कानून परिमार्जन गर्न लागेको जानकारी दिंदै उनले यस बीचमा १२४ वटा नयाँ कानून बन्ने बताए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानि घोषणाका लागि संघसंग आवश्यक पहल भई रहेको बताए । बढ्दो पर्यटक आगमनलाई दृष्टिगत गर्दै सरकारले होटल व्यवस्थापनका साथै घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको उनले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रममानै प्रदेश भित्र ३०० वटा होमस्टेको विकास गर्ने लक्ष्य राखिएकोमा प्रत्येकलाई पूर्वाधार विकासका लागि प्रथम चरणमा १० लाख रुपैया दिन बताए । उनका अनुसार प्रत्येक होमस्टेको समग्र विकासका लागि प्रति होमस्टे ३० लाख रुपैया दिने सरकारको योजना छ ।

नेपालका लागि पाकिस्तानका राजदूत माझर जाभेडले नेपाल पाकिस्तान बीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अभैm प्रगाढ रहने बताउँदै दुई देश बीच शैक्षिक साझेदारी हुने उल्लेख गरे । राजदूत जाभेडले पशुपति माविको कक्षा एक देखि १० सम्म प्रथम हुने विद्यार्थी एवम् उक्त कक्षाका उत्कृष्ट छात्रालाई जनही १०।१० दश हजार छात्रवृत्तिका साथै अन्य सहयोग घोषणा गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले विद्यालयका गतिविधिबारे प्रकाश पारे । उक्त अवसरमा पञ्चासे क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित हाफ म्याराथनमा सशस्त्रका गणेश सिं ठकुरी र विक्रम बोगटी क्रमश प्रथम, द्धितीय तथा सुमन कुलुङ तृतीय स्थान हासिल गरेका थिए । विजेता धावकलाई क्रमश ७५ हजार, ५० हजार र ३० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...