पर्यटन व्यवसायी गोपी भट्टराईलाई मातृशोक

पोखरा, १५ वैशाख /पोखराका पर्यटन व्यवसायी तथा रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा पूर्णकुमारी(मिठू) भट्टराईको शुक्रबार दिउँसो लेकसाइडको निवासमा स्वर्गारोहण भएको हो ।

७५ वर्षिय भट्टराईलाई निमोनिया भएपछि केहिदिन देखि गैह्रापाटनको फिष्टेल अस्पतालमा उपचार गरिएको थियो । उनको शुक्रबारनै सेती रामघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

स्वर्गिय भट्टराईको श्रीमान, एक छोरी र चार छोरा छन् ।

कमेन्टहरु
Loading...