प्रकृति, सस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको आधार- मुख्यमन्त्री गुरुङ

पोखरा, २३ भदौ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन् ।

सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरिक्षण पश्चात पत्रकारहरुसंग संक्षिप्त प्रकृया दिदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेशमा रहेको प्रकृति र साहसिक पर्यटनका ठाउहरुलाई विभिन्न जातिको सस्कृतिसंग जोड्ने प्रयास गरिरहेको बताए ।

गण्डकी प्रदेश जातजातिको संगम थलो भएको बताउदै मुख्यमन्त्री गुरुङले विभिन्न जातिका संग्रहालय तथा सास्कृतिक पक्षहरुले प्रदेशमा आउने पर्यटको बसाई लम्बाउन सहयोग पुग्ने बताए । उनले नेवार जातिको सस्कृतिमा धीन रहेको बताउदै अन्य जातिको सास्कृतिक पक्षहरुलाई जोगाउन आवश्यक रहेको समेत बताए ।

उनले विभिन्न जातजातिको यस्ता सास्कृतिक पक्षलाई जोगाउन प्रदेश सरकार नितिगत रुपमा लागिरहेको बताए । निरिक्षणको क्रममा मुख्यमन्त्री गुरुङ नेवार समुदायको तीन सताब्दी पुरानो जनजिवनमा प्रयोग गरिने समाग्रीहरु अवालोकन गरेका थिए । प्रदेशले सन २०१९ लाई आन्तरिक भ्रमण बर्ष घोषणा गरेर आन्तरिक पर्यटन आगमनलाई महत्व दिइरहेको छ ।

कमेन्टहरु
Loading...