पोखरामा प्याराग्याईडिङ दुर्घटना हुदाँ १ जना घाईते

पोखरा, १४ चैत /पोखरा महानगरपालिका १८ सराङ्कोट गोठादिबाट उठेको प्याराग्लाईडिङ दुर्घटना भएको छ ।

हिमालयन फ्रन्टीएर कम्पनिको टेन्डम पाईलट महेन्द्र नेपालीले उठाएको प्याराग्लाईडिङ रुखमा ठोकिदा एक जना चाईनिज पर्यटक घाइते भएका छन् ।

अन्दाजी ४० बर्षिया चाईनिज पर्यटक टेन्जि फन्जोयो पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भए पछि फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...