पोखराका ठाउँ ठाउँका मन्दिरमा तत्विज छरियो, पञ्चासेमा भिड्

पोखरा, २० मंसिर/बालाचतुदर्शी अर्थात सत्विज छर्ने पर्वको अवसरमा पोखराका र आसपासका शिब मन्दिरहरुमा भक्तजनको भिड् लागेको छ ।

यो क्षेत्रमा सबै भन्दा बढि पञ्चासे क्षेत्रमा भक्तजनको ठुलो भिड् लाग्ने गर्दछ । त्यसै गरि पोखरा २३ ठुलाखेतमा रहेको सिद्धबराहा मन्दिर, पोखरामा ७ कृषि फारममा रहेको शिव मन्दिर, मासबारमा रहेको शिव मन्दिर, पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिर, पोखरा २० भलामा रहेको हरिहर गुफा लगाएतका मन्दिरहरुमा भक्तजनका ठुलो उपस्थिती रहेको थियो ।

बालाचतुदर्शी विभिन्न अन्नपात मिसाएर मन्दिर वरपर छर्ने गरिन्छ । भक्तजनले भगवान शिवको पूजा अर्चना गरि धान, जौं, तिल, गहुँ, मकै लगायतका शुद्ध अन्नहरु फुलमा मिसाएर छरेका थिए ।

पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दि व्यबस्थापन समितिले आयोजना गरेको सत्विज छर्ने कार्यक्रममा घार्मीमा आसपासका लामाचौर, बाटुलेचौर, अर्मला, हेम्जा, पुरुन्चौर, हरिपाउँ, कुरेचौर लगायतका क्षेत्रबाट सत्विज छर्न भक्तजन आएको समितिका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए । मन्दिरमा भजन टोलीले भगवान शिवको महिमा सहित भजन चुड्का प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...