६८ वर्षमा लौरो टेक्दै स्कुलमा (फोटो फिचर) (भिडियो सहित )

सागर राज तिमिल्सिना
पोखरा, १७ जेठ /कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको उमेर कति होलान् रु १६, १७ वा १८ वर्ष रु तर, स्याङजाको फेदीखोला १ खड्केटारीको एक विद्यायलमा ६८ वर्षिय एक वृद्धा कक्षा १० मा अध्ययन गर्दै आएको छन् । खडेकेटारीमा रहेको कालाभैरव उच्च माविको कक्षा १० मा दुर्गाबहादुर विकले अध्ययन गर्दै आएका छन् । स्याङजाको फेदीखोला ३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका छन् ।

‘सानो उमेर छदा परिवारको आर्थिक स्थिती कम्जोर थियो,’ विकले भने, ‘त्यसै कारण पढ्ने इच्छा पुरा हुन सकेन ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबा बनि सेकका विकले भने वुद्धि पनि पस्यो घन्टि पनि बस्यो भने जस्तै भएको बताए । गरीविका कारण पढ्न नपाएको भन्दै आखाँ भरि आसुँ बनाए । उनले दलित र पिछडिएका समुदायलाई पनि पे्ररणा दिन पढ्न थालेको बताए ।

शिरमा ढाकाटोपी, विद्यालय पोसाक, टाइमा फुलेका दाह्री पालेका विक एक हातमा छाता र अर्को हातले लौरो टेकेर विद्यालय आउने गरेका छन् । उनी आधा घण्टाको बाटो हिडेर विद्यालय आउने गर्दछन् । ‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो’, उनले पढ्न जाने बेलाको वेलिविस्तार लगाउँदै भने–‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ ।’

श्रीमतीले बिते पछि एक्लै बस्दै आएका विकको स्कुल जान थालेपछि दिनचर्या फेरिएको छ । उनी विहान चाडैँ उठ्छिन् । कसैले काम गर्न बोलाएका छन् भने काम गर्न छन् र हतार हतार घर फर्केर विद्यालय जाने गरेका छन् । पढ्नलाई अन्य साथीहरुले सहयोग गर्दै आएको उनले बताए । २०२२ सालमा स्थापना भएको यो विद्यालयमा अहिले २ सय बढि विद्यार्थी छन् । विकलाई अन्य विद्यार्थीहरुलाई भन्दा धेरै सिकाउनु पर्ने शिक्षकहरु बताउ छन् । अन्य विद्यार्थीले एक पटक मै बुझे पनि उनलाई दुई पटक पढाउनु पर्ने विद्यालयकका प्राचार्य खगेन्द्र सुबेदीले बताए ।

वुढेसकालमा पनि विद्यार्थी बन्न आइपुगेका विकलाई साथीहरुले पनि उत्साह थपेका छन् । नजानेका कुरालाई साथीले पनि सिकाउने गरेका । उनको लेखन क्षेमता अल्लीकम भएका कारण सिकाउने गरेको साथी शेरबहादुर थापाले बताए । क्याम्पस सम्मको अध्ययन गर्ने इच्छा राखेका विकले आर्थिक स्थितका कारण पढ्न नपाउने होकी भन्ने लागेको छ । उनले विदाको दिन अरुको मेलापातमा गएर केही आम्दानी गर्दै आएका छन् । उनको यो उत्साहलाई सहयोग गर्ने हातको आवश्यकता छ ।

लौरो टेक्दै स्कुलमा, ७० वर्षमा १० कक्षामा पढ्दै
लौरो टेक्दै स्कुलमा, ७० वर्षमा १० कक्षामा पढ्दै

school, old man s (1)

school, old man sanga  (2)

school, old man  (3)

कमेन्टहरु
Loading...