आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

पोखरा, १८ मंसिर / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २/ २ रुपैयाँ घटाइएको आयल निगमले जनाएको छ ।

स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेल ९९ सय रुपैयाँ भएको छ । खाना पकाउने ग्यासको मूल्य घटाइएको छैन ।

कमेन्टहरु
Loading...