निर्मलाको बलात्कारपछि हत्या प्रकरणः काठमाडौंबाट एक र कञ्चनपुरबाट तीन युवक पक्राउ

काठमाडौं, २० मंसिर /कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक र कञ्चनपुरबाट तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीले सामुहीक बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठामाडौबाट पक्राउ पर्नेमा प्रदिप रावल रहेको प्रहरीले जानकारी दिएको छ । ती युवा निर्मलाको छिमेकी भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका युवक घटनाका बेला गाउँमा नै थिए र उनीहरु लागुऔषध सेवन गर्ने गरेको प्रहरीको भनाई छ ।

उनको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर सिआइबीले उनहरुलाई पक्राउ गरेको हो । ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामाको संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन ।

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे । ती समितिले घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिन सके ।

त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो । यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो।

निर्मलाको भजाइनल स्वाबको रिपोर्टसँग उनको डिएनए नमिलेपछि थुनामुक्त गरियो । साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन् ।

भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन् । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।काठमाडौबाट पक्राउ परेका रावल पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति हुन् । उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो ।

उनको डिएनए रिपोर्ट आएको छैन । रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधवार राती सिआइबी पुगेका छन् । रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए । उनलाई सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले पक्राउ गरी केही दिन हिरासतमा लिएर छोडेका थिए ।

निर्मलाका लागि न्यायमाग्दै पोखराका सडकमा तस्बिरः सञ्जय शाक्य
निर्मलाका लागि न्यायमाग्दै पोखराका सडकमा तस्बिरः सञ्जय शाक्य
कमेन्टहरु
Loading...