नेपाल टेलिकमले इन्टरनेट मूल्य घटाउने

काठमाडौं, २८ मंसिर /नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सरकारले घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन लागेको जानकारी दिए ।

नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ मार्फट नेपालमा इन्टरनेट ल्याएको छ । टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ । यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने मन्त्री बाँस्कोटाले बताए ।

व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए । घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ ।

कमेन्टहरु
Loading...