रकम असुलेको भन्दै यातायात कार्यालय पोखराबाट २९ जना पक्राउ

पोखरा, २३ पुस /पोखरामा रहेका दुई यातायात कार्यालयबाट प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ पृथ्विचोक स्थित यातायात व्यवस्था कार्यालयबाट १९ जना र यातायात व्यवस्था कार्यालय पोखरा १७ यातायत व्यवस्था कार्यालय ड्यामसाईडबाट लाईसन शाखाबाट १० जना गरी जम्मा २९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले कार्यालयमा आउने सेवाग्राहीहरुलाई अनेकौ प्रलोभन देखाई रकम असुलेको तथा अशान्ती फैलाएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।

दुई स्थानमा खटिई गई शंकास्पद गतिबिधी गरीरहेका २९ जना व्यक्तिहरुलाई पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । उनले सार्बजनिक अपराध तथा सजाय ऐन २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी अनुसन्धान भई रहेको बताए ।

कमेन्टहरु
Loading...