मिड टाउनद्वारा पङखा वितरण

पोखरा, १९ साउन / लायन्स क्लब अफ पोखरा मिड टाउनले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दीमा रहेको गाउँ फर्कोदय माविलाई पङखा वितरण गरेको छ । हालै आयोजित एक कार्यक्रमका बीच क्लबले विद्यालयलाई २० थान पङखा सहयोग गरेको क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका उपमेयर सबिता रसाइलीले सामाजिक क्षेत्रका क्रियाशील लायन्स क्लबले शिक्षालाई प्राथमिकतामा राख्नु प्रशंसनीय भएको बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भटट्राईले क्लबले सहयोग गरेको पङखाको सही सदुपयोग गर्ने प्रतिबद्धता गरे ।

गर्मीमा बिना पङखा कक्षाकोठा सञ्चालन भएको जानकारी पाएपछि उक्त विद्यालयमा पङखा सहयोग गरिएको कार्यक्रम संयोजक त्रिलोचन गौतमले जानकारी दिए । क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा निबर्तमान अध्यक्ष विष्णुप्रसाद बाँस्तोला, द्वितीय उपाध्यक्ष रक्मागत भण्डारी विश्वास, तृतीय उपाध्यक्ष सुरेन्द्र पौडेल, सचिव रबिराज भुत्र्याल लगायलते बोलेका थिए ।

कमेन्टहरु
Loading...