फेवा वेगनास चौतारीको पद हस्तान्तरण

पोखरा १७, असार/लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीकोे पद हस्तान्तरण कार्यक्रम कास्कीको माछापुच्छ«े गाउँपालिका–६, धितालमा सम्पन्न भएको छ । रिजन चियर पर्सन बालकृष्ण बरालको प्रमुख आतिथ्यतामा भएको पद हस्तान्तरण कार्यक्रममा बोल्दै बरालले छोटो समयमा क्लबले महत्वपुर्ण कार्य गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

टिम राम्रो भएको कारण क्लबले छोटो समयमानै उत्कृष्ट कार्य गर्न सहज बनेको भनाई उनको थियो । सो अवसरमा वर्ष २०१७÷२०१८ का अध्यक्षमा पुरुषोत्तम भण्डारीलाई संस्थापक अध्यक्ष सन्तोष घिमिरेले पद हस्तान्तरण गरे । यसैगरी संस्थापक सचिव विधान गौतम र संस्थापक कोषाध्यक्ष टंक ढकालले वर्ष २०१७÷२०१८ सचिव शंकर पाण्डे र कोषाध्यक्ष महेश्वर रिमाललाई आ–आफ्नो जिम्मेवारी हस्तान्तरण गरे ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले क्लवले गर्ने भावी कार्यक्रमका बारेमा जानकारी गराए । वृक्षारोपण, क्लव इन्स्टलेशन, तीज विशेष फेलोसिप, छात्तवृत्ति वितरण, पिस पोष्टर, रक्तदान, असाहय र वृद्धलाई सम्मान, विद्यार्थीलाई न्यानो कपडा वितरण, सिप विकास तालिम, आँखा शिविर, युवा सचेतना लगायतका कार्यक्रमलाई कुशलता पूर्वक सञ्चालन गर्दै क्लवको ख्याती बढाउने उनको प्रतिवद्धता थियो ।

लायन्स क्लव अफ फेवा वेगनास चौतारीको अध्यक्षमा पुरुषोत्तम भण्डारी, चार्टड प्रेसिडेन्टमा सन्तोष घिमिरे, प्रथम उपाध्यक्षमा ऋषिराम भण्डारी, द्वितीय उपाध्यक्षमा विधान गौतम, तृतीय उपाध्यक्षमा टंक ढकाल, सचिवमा शंकर पाण्डे, सह–सचिवमा कृष्ण प्रसाद आचार्य, कोषाध्यक्षमा महेश्वर रिमाल, सह–कोषाध्यक्षमा राजाराम पौडेल रहेका छन् ।

क्लवको मेम्बरसिप चियर पर्सनमा सागर बराल, टेमरमा मोती प्रसाद पौडेल, पिआरओमा राजेश ढुङ्गाना, टेलट्वीस्टरमा चित्र गुरुङ्ग, निर्देशकमा अनुप बराल, श्रीराम बराल, महेश सुनार, नवराज कोइराला, सन्दिप बुढाथोकी, राम्जी प्रसाद देवकोटा, सदस्यमा निर्मल सोती, विक्रम गौतम, जीवन कार्की, सुनिल बस्नेत र टिकाराम पराजुली रहेका छन् । शनिबार मात्र क्लवमा प्रदिप ओझा र विजय न्यौपानेलाई नयाँ सदस्य थप गरिएको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लव अफ सिर्जना चौतारीका द्वितीय उपाध्यक्ष जित बहादुर थापा गोपालले छोटो समयमा स्थापित बन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय एवार्ड प्राप्त गर्न सफल बनेकोमा प्रशंसा गरे । पद हस्तान्तरण कार्यक्रममा अन्नपुर्ण इको भिलेजका सञ्चालक वेदनिधि अधिकारी, कार्यक्रममा लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, वर्ष २०१७÷१८ का प्रथम उपाध्यक्ष ऋषिराम भण्डारी, द्धितिय उपाध्यक्ष विधान गौतम, तृतिय उपाध्यक्ष टंक ढकाल, सचिव शंकर पाण्डे, कोषाध्यक्ष महेश्वर रिामालले बोलेका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीमा विभिन्न क्षेत्रका २६ जना युवा आवद्ध रहेका छन् ।

कमेन्टहरु
Loading...