लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेटको अध्यक्ष दयाल गिरी

पोखरा, १० बैशाख /लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेटको अध्यक्षमा दयाल गिरी निर्वाचित भएका छन् । क्लबको तेस्रो अधिवेशनले लायन वर्ष २०१७÷१८ का लागि गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, द्वितीय उपाध्यक्षमा सुजन न्यौपाने, तृतीय उपाध्यक्षमा चिरञ्जिवी गौतम, सचिवमा प्रदिप पोखरेल, सहसचिवमा बलराम तिमिल्सिना, कोषाध्यक्षमा दुर्गादत्त अधिकारी र सहकोषाध्यक्षमा नविन सुवेदी निर्वाचित भएका छन् ।

मेम्बरसिप चियरपर्सनमा सन्दिप कुँवर, टेइल टुइस्टरमा युवराज तिमिल्सिना, एलसिआई चिफमा योगेन्द्र पौडेल क्षेत्री, रिपोर्टिङ अफिसरमा दीपेन्द्र श्रेष्ठ, निर्देशकहरुमा सुशील केसी, सुनिल ढेवाजू, सुशील सापकोटा, हेमन्त सराफ, टेमरमा जीवन त्रिपाठी निर्वाचित भएका छन् ।

कार्यक्रममा लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जिएमटी कोर्डिनेटर पदम बन्दु पोखरेल, जोन चियरपर्सनशद्वय बाबुराम अधिकारी र नारायण सिग्देल लगायतले निर्वाचित टोलीलाई बधाई ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...