लेखनाथ पचभैयामा निर्माण सम्पन्न बौद्ध गुम्बाको २३ गते उद्घाटन

पोखरा १८ वैशाख /साततालको बाटिका शहर लेखनाथको पचभैयामा निर्माण सम्पन्न मंगल धर्मचक्र बौद्ध गुम्बाको आगामी वैशाखको २३ गते उद्घाटन हुने भएको छ । लेखनाथको पर्यटकीय केन्द्र पचभैयामा निर्माण सम्पन्न भएको गुम्बाको उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको गुम्बा समितीका अध्यक्ष बुद्धि बहादुर गुरुङले वताए ।

गुम्बाको आगामी बैशाख २३ गते शनिवार बौद्ध अर्घौ सदनका लामा गुरु डाक्टर खेन्पोसिर लामाले उद्घाटन गर्ने गुम्बा निर्माण समितीका उपसंयोजक राजु गुरुङले वताए । साततालको बाटिका शहर लेखनाथको पचभैयामा स्थानियको पहलमा मंगल धर्म चक्र बौद्ध गुम्बा निर्माण सम्पन्न भएको हो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्यटकीय केन्द्रको रुपमा रहेको लेखनाथ स्थित सुन्दरीडांडाको नजिकै निर्माण भइरहेको गुम्बाले नया पर्यटकीय गन्तब्य बन्ने स्थानियले बिस्वास लिएका छन ।

बेगनास र रुपातालको बीच भागमा रहेको गुम्बाबाट बेगनबस र रुपाताल राम्रो संग अवलोकन गर्न सकिने भएकाले गुम्बाले धार्मिक नभइ पर्यटकीय क्षेत्रमा समेत महत्व राख्ने गुम्बा निर्माण समितीका अध्यक्ष बिक्रम गुरुङले वताए । धार्मिक संस्कार आफ्नो ठाउमा भएतापनि धार्मिक पर्यटन संगै प्रकृती संग रमाउने पर्यटकका लागी गुम्बाले महत्वपूर्ण भुमिका खेल्ने गुरुङको भनाइ रहेको छ । २०५५ सालमा स्थापना भइ २०५७ सालमा गुम्बा निर्माण थालनी गरेको भएतापनि हाल सम्म निर्माण सम्पन्न हुन नसकेको र युवाहरुको पहलमा हाल गुम्बा निर्माण सम्पन्न भएको हो ।

स्थानिय पचभैया तमु समाजको पहल र पचभैया आमा समुहको विशेष सहयोगमा नया समिती निर्माण भइ निर्माण भएको गुम्बा परिसरमा भ्यु टावर निर्माण समेत गरिने भएको छ । गुम्बा रहेको स्थान पचभैयाको उत्तर तर्फ बेगनासताल , दक्षिणमा रुपाताल , पश्चिममा प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखाना , देउराली मन्दिर र गोरखनाथ मन्दिर जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु रहेकाले गुम्बाले आन्तरिक र बाह्य पर्यटकको ध्यान केन्द्रित गर्ने गुम्बाका लामा गुरु आइबहादुर गुरुङले वताए ।

गुम्बा निर्माण पछि सात तालको सहर लेखनाथमा नया पर्यटकीय गन्तब्य बन्ने छ । बेगनास र रुपा तालको बीचमा पर्ने सुन्दरीडांडा आफैमा प्राकृतिक हिसावले महत्व बोकेको ठाउ भएकाले गुम्बा निर्माण संगै त्यहा धार्मिक पर्यटनको समेत आगमन हुने देखिन्छ ।

कमेन्टहरु
Loading...