CAN

श्रीकृष्ण प्रणामीमा ज्ञान महायज्ञ हुने

72

पोखरा, २४ चैत/पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा चैत २६ देखि बैशाख १ सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर स्थापनाको २६ औं वार्षिकोत्सव अवसरमा श्रीकृष्ण प्रणामी वाइज्यूराज महिला समितिको अक्षयकोष स्थापनार्थ महायज्ञ तयारी गरिएकोे श्रीमद्भागवत् मूल समारोह समितिले जनाएको छ ।

नेवार समुदायकी नेपालकै पहिलो महिला भागवत् कथाकार सपना श्रेष्ठले संगीतमय शैलीमा कथा वाचन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । उनका थाइल्याण्ड, सिंगापुर, मलेसिया, हङकङ, भारत, म्यानमारलगायत देशमा धार्मिक कार्यक्रम एवं भागवत् प्रवचन भैसकेका छन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महायज्ञ धेरै हुने भए पनि यो खालको महायज्ञ नाफामुखी नभई ज्ञानवद्र्धन हुने बताए ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष बलराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विष्णु पराजुलीले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मूल आयोजक समिति संयोजक महेश बानियाँले गरेका थिए । मन्दिरमा २ वर्षदेखि संचालित डिलमाया अछामी स्मृति धार्मिक पुस्तकालय संचालित छ भने आगामी दिनमा वाइजुराज स्मृति सेवा पुरस्कार स्थापना गर्ने जनाइएको छ ।

२०४७ सालमा स्थापित उक्त संस्थामा सामाजिक एवं आध्यात्मिक प्रशिक्षणका कार्यक्रम हुने गरेका छन् । यस्तै प्रत्येक शनिबार सत्संग कार्यक्रम, विभिन्न चाडपर्वमा मेला उत्सव तथा विशेष कार्यक्रम, कास्कीलगायत तनहुँ, गोरखा, लमजुङ, चितवन, पर्वतमा पनि भक्ति संगीत एवं जीवन दर्शनसम्बन्धी प्रवचनद्वारा धार्मिक जागरण गर्दैआएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष बलराम सुवेदीले जानकारी दिए ।