कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उठाउने

पोखरा, २० कात्तिक / मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की प्रतिनिधिसभा क्षेत्र २ मा नेपाली कांग्रेसले खेमराज पौडेललाई उमेद्वार बनाउने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवार छान्न ढिलाइ भएपछि सभापति देउवालाई नै जिम्मेवारी दिएको थियो ।

बैठक स्थलबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगाएत बाहिरिसके पछि खेमराज पौडेललाई उमेद्वार बनाउने बताएका छन् ।

देउवाले नै धनराज बाहिरिएपछि खेमराजलाई उम्मेदवार बनाउने बैठकमा प्रस्ताव राखेका थिए । ‘खेमराज पौडेललाई उम्मेदवार बनाउने कुरा भएको छ । औपचारिक निर्णय भइसकेको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

टिकट दौडमा देवराज चालिसे सहित १६ जनाको नाम कास्कीबाट केन्द्रमा सिफारी भएको थियो ।
पौडेलले पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

कास्की काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यसपछि काँग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।

नेकपाले विद्या भट्टराई, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाल दलले जमुना शर्मा, राप्रपाले रोमबहादुर भण्डारी, समाजबादी पार्टीबाट धर्मराज गुरुङलाई उमेद्वार बनाएका छन् ।

कमेन्टहरु
Loading...