खेलमैदान भ्रष्ट्राचारमा महानगरको नाम जोडेकोमा आपत्ति

पोखरा, २३ जेठ/कास्कीको मादी गाउँपालिकास्थित सिद्ध आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्दा भएको भ्रष्ट्राचारमा कर्मचारी मुछिएको सम्बन्धी समाचारमा केही सञ्चार माध्यमले पोखरा महानगरपालिकालाई जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले बिहीबार जारी गरेको विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजित बजेट दुरुपयोगमा मुछिएका कर्मचारी तत्कालीन समयमा पोखरा महानगरपालिकामा कार्यरत नभई जिल्ला समन्वय समितिमा रहेको र समायोजनपछि मात्र महानगरमा आएको स्पस्ट पारिएको छ ।

‘उक्त भष्ट्राचारमा मुछिएका कर्मचारी पोखरा महानगरमा आउनुभन्दा अघिको कामसँग सम्बन्धित भएकाले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

आरोप लागेका मध्ये २ कर्मचारी हाल यस महानगरमा कार्यरत रहेको र एक जना कर्मचारी सरुवा भइसकेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त हुने पत्रअनुसार कानुन वमोजिम प्रक्रिया अगाडि बढ्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...