खगेन्द्र स्याङजामा सम्मानित

पोखरा ५, असोज/गिनिज बुक अफ दी वल्र्डमा ८ महिना आफनो नाम चम्माउन सफल भएका खगेन्द्र थापा मगर शनिबार स्याङजामा सम्मानित भएका छन् । संघीय समाजवादी पार्टी स्याङजाको भेलाको अवसरमा पार्टीले नेपालको नाम विश्व सामु परिचित गराउन मद्धत पुराएको भन्दै खगेन्द्रलाई सम्मान गरेको पार्टीका स्थाई समिति सदस्य सुरेन्द्र थापा मगरले बताए ।कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी पार्टीका केन्द्रीय महासचिव राजेन्द्र श्रेष्ठले थापामगरलाई सम्मान पत्रको साथमा खादा लगाएर सम्मान गरेका हुन । जिल्ला अध्यक्ष दिलिप थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस अघि शिक्षाचोकबाट सुरु भएको र्याली स्याङजा बजार परिक्रमा गरी वालमन्दीरमा पुगेर भेलामा परिणत भएको थियो । खगेन्द्र थापा मगरले कार्यक्रममा खुकुुरी नृत्य प्रर्दशन गर्दा सहभागिहरुलाइ भरपुर्ण मनोरन्जन दिलाएको खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका अध्यक्ष मिनबहादुुर रानाले बताए ।

कमेन्टहरु
Loading...