को बन्छ करोडपतिमा राजीबले जिते एक करोड (भिडियो सहित)

पोखरा, २९ बैशाख/ को बन्छ करोडपतिमा मोरङका राजीब जैनले एक करोड रुपैया जित्न सफल भएका छन् ।

आइतबार एपिवान टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिमा उनले १५ प्रश्नको उत्तर मिलाउदै १ करोड रुपैया जित्न सफल भएका हुन् ।

१५ औ प्रश्न २००७ सालको प्रजातन्त्र पछि पहिलो एतिहासिक चुनाब कहिले घोषणा भएको थियो भन्ने प्रश्नको उत्तर मिलाउदै उनले १ करोड जितेका थिए । उनले २०१४ माघ १९ गते भन्ने उत्तर दिएका थिए ।

शनिबारको कार्यक्रममा १३ प्रश्नको उत्तर मिलाएका उनले आइतबार प्रशारण भएको कार्यक्रममा २ प्रश्नको उत्तर मिलाउदै १५ औ प्रश्न मिलाएका थिए । जैनले १८ वर्ष देखीको आफ्नो इच्छा पुरा भएको बताए । को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति उनी बन्न सफल भए ।

सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको बताएको छ ।

कमेन्टहरु
Loading...