केटीको विषयमा ‘लफडा’ हुँदा बालकको हत्या, अभियुक्त प्रक्राउ (यस्तो छ घटना क्रम)

सागर राज तिमिल्सिना
पोखरा, २९ माघ

पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालिको घाँटी रेटेर हत्या आरोपिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । केटीको विषयमा लफडा भएर हत्या गरेको कास्की प्रहरी प्रमुख एसपि ओम रानाले जानकारी दिए ।

पर्वत जिल्ला मल्लाज बस्ने २१ बेनी काले भनिने वर्षिय कुमार गर्बुजाले हत्या गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मलेन गरेर हत्यारा सार्वजनिक गरेको हो ।

लेकसाइडको खहरे क्षेत्र, स्ट्रिट नम्बर १७ मा निमार्णधिन घरमा शव फेला परेको थियो । मृतक सचिन पाल्पा जिल्ला रम्बापानी गाउँपालिका घर भई हाल लेकसाइड शान्तिनगरमा आफ्नो परिवार बसोबास गर्दै आएका थिए ।

अभियुक्त कुमारलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए । वडा कार्यलय बैदामका प्रमुख डिएसपि नविन कार्कीको अनुसन्धान टोलीले अभियुक्ततलाई घटना भएको ७ घण्टा मै पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्त कुमार गर्बुजाको व्यवहार हेरेर र सिसि क्यामेरा फुटेजबाट पक्राउ गरेको हो । केटीको विषयमा झगडा भएपछि मृतक सिंजालीले अभियुक्तलाई चक्कुले प्रहार गरेका थिए । त्यही चक्कु खोसेर कुमारले हत्या गरेको प्रहरीको भनाई छ ।

यस्तो छ घटना क्रम

सोमबार दिउँसो अभियुक्त बेनी काले उर्फ कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्लि भनिने सुनिता गुरुङ घटना स्थलमा रक्सी पिउँदै थिए । सोही समयमा मृतक सचिन सिंजालि (गारे भनेर चिनिने) आएर उनीहरु सगँ रक्सी पिएका थिए ।करिब ५ बजे मृतक सचिन, अभियुक्त कुमार र सुनिता सेन्टरपोइन्टमा छिरे । सेन्टरपोइन्टमा तिनै जनाले १ सय रुपैयाँको छ्याङ खाए । त्यहाँ उनीहरु बेलुकी ८ बजेसम्म बसे । ८ बजे क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसँग १० बजेसम्म बिताए ।

त्यहाँबाट निस्कि सकेपछि पुन मृतक सचिन, अभियुक्त कुमार, सुनिता, सुसान्त र सुकदेव घटनास्थलमा पुगे । त्यहाँ पुगेर उनीहरुले ‘डेन ड्राइट’ (लागुपदार्थ) सुँघ्दै बसे । सोही समयमा मृतक सचिन सुनिता सँग विवाहको कुरा अगाडी बढाए । सुनिता अभियुक्त कुमारकी प्रेमिका थिइन् । साढे १० सुनिता सुत्न जान्छु भनेर पृथ्वी चोक हिडिन् तर्फ लागिन् ।

सुनिता गएपछि मृतक सचिन, अभियुक्त कुमार र सुकदेव माग्न निस्किए । बिजिबि आउजाउ गर्ने मान्छे सँग पैसा मागे पछि २ बोत्तल बियर र एउटा स्याउको रक्सी किनेर पुन घटनास्थलमा पुगेर रक्सिमा मस्त भए । रक्सी पिउँदै गर्दा फेरि सुनिताको कुरा निस्किए पछि दुई जना बिच वादविवाद बढ्दै गएपछि मृतक सचिनले आँफूसँग भएको चक्कुले अभियुक्त कुमार दाइने खुट्टामा प्रहार गरेका थिए । त्यसपछि अभियुक्त कुमारले चक्कु खोसेर सचिनको घाँटी रेट्या । सोही चक्कुले दुई तिन पटक ढाडमा पनि प्रहार गरेर त्यहाँबाट बाहिर निस्किए । उनीहरु सगँ सुत्न गएका २ जना बालबालिका पनि कुमारसँगै निस्किए ।

अभियुक्त कुमारले ट्याक्सी चढेर पृथ्वी चोक हुदै शान्तिवन बाटीका जाने बाटोमा चक्कुलाई ढुंगाले छोप्यो र लुकायो । आफूसँगै गएका २ जना बालबालिकालाई पृथ्वी चोक मै छोडेर करिब २ बजे घटनास्थलमा कुमार आउछ । सचिनलाई मृत फेला पारेपछि घटनाबारे बेखबर भए झैं गरि ट्याक्सी ड्राइभरलाई प्रहरी कहाँ खबर गर्न लगायो ।

ट्याक्सी ड्राइभरले ‘सेन्टरपोइन्ट’मा गई १०० नम्बरमा प्रहरीलाई खबर गरे । खबर पाउँनासाथ बैदाम प्रहरीका डिएसपी नविन कार्कीको नेतृत्वमा घटनाबारे छानबिन गर्न प्रहरी टोली खटियो । बिहान अभियुक्त कुमारलाई लेकसाइड, सुकदेवलाई बाराही घाट र सुशान्तलाई न्युरोडबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अभियुक्त कुमारले दिएको बयानलाई सिसि क्यामेराले पनि कैद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरीले दिएको हो । साथै अभियुक्तले भने झै निजहरु राति १२.०० बजे ४ जना मृतक सचिन, अभियुक्तहरु कुमार, सुकदेव, सुशान्त १२.०८ मिनेट जाँदा हल्लिदै घटनस्थलमा भएको निर्माणाधीन घरभित्र प्रवेश गरेको देखिन्छ र १२.४६ मिनेटमा मृतकबाहेक ३ जना अभियुक्त बाहिर निस्केको बैदाम प्रहरीको सिसि क्यामेरा मा कैद भएको देखिन्छ । पुन सिसि क्यामेरामा २.१३ बजे कुमार एक्लै भित्र छिरेको र २.१४ मा बाहिर निस्की ट्याक्सी रोकेको प्रष्ट बैदाम प्रहरीको सिसि क्यामेरामा कैद भएको देखिन्छ ।

https://www.youtube.com/watch?v=13rECmJCuTc

कमेन्टहरु
Loading...