कास्कीमा उपनिर्वाचनः २१ जना चुनावी मैदानमा, १ को फिर्ता, ३ को बदर

पोखरा, १४ कात्तिक/ मंसिर १४ मा गते हुने उपनिर्वाचनका लागि कास्कीमा विभिन्न दल र स्वतन्त्र सहित २१ जना चुनावी मैदानमा उत्रने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै रिक्त प्रतिनिधिसमा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमध्ये ३ को उम्मेदवारी बदर, एक जनाले फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । आइतबार स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेको छ । उनीहरुको नाम २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भएका कारण नाम बदर भएको उनले बताए ।

कास्की २ को निर्वाचनमा नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले उमेदवारी दिएका छन् ।

त्यसै गरी नेपाली कांग्रेस (बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारीको उम्मेदवारी कायम भएको छ। त्यस्तै कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला र रनबहादुर दमै स्वतन्त्र उम्मेदवार रहेका छन् ।

कमेन्टहरु
Loading...